भजनसंग्रह 90
90
चौथो भाग
(भजनसंग्रह ९०—१०६)
परमेश्वर र मानिस
1हे प्रभु, तपाईं सदैव हाम्रा बासस्थान हुनुभएको छ।
2तपाईंले पहाडहरू र यस संसारलाई बनाउनुभन्दा अघि
तपाईं अनन्त परमेश्वर हुनुहुन्थ्यो
र अनन्तकालको परमेश्वर हुनुहुन्छ।
3मानिस जे थियो, त्यही बन्नलाई तपाईंले फर्काउनुहुन्छ,
तपाईंले उसलाई फेरि माटो नै बनाउनुहुन्छ।
4 #
२ पत्रुस 3:8
एक हजार वर्ष तपाईंको लागि एक दिनजस्तो हो,
त्यो बितिसकेको हिजोजस्तो,
रातको एउटा छोटो पहरजस्तो मात्र हो।
5भलले जस्तो हामीलाई बगाएर तपाईंले लैजानुहुन्छ,
हाम्रो जुनी सपनाजस्तो छोटो छ।
बिहान उम्रने झारपातजस्तो हामी छौं,
6त्यो बढेर फुल्दछ
र साँझमा सुकेर मरिजान्छ,
7तपाईंको रिसले हामी नाश हुन्छौं,
तपाईंको बल्दो क्रोधले हामीलाई भयभीत पार्दछ।
8तपाईंले हाम्रा पाप आफ्नो सामु राख्नुहुन्छ,
हाम्रा गुप्तका पाप आफूले देख्ने ठाउँमा राख्नुहुन्छ।
9तपाईंको क्रोधले हाम्रो आयु घटाउँदछ,
कानेखुसी गरेको कुराझैँ हाम्रो जीवन बिलाउँदछ।
10हामी जम्मा सत्तरी वर्षसम्म जिउँछौं–
बलिया छौं भन्ने असी वर्षसम्म होला;
तर तिनीहरूले हामीलाई कष्ट र अफसोस मात्र ल्याउँछन्,
जीवन चाँडो बितिजाँदछ र हामी गइसकेका हुन्छौं।
11तपाईंको क्रोधको शक्ति कसले चाल पाएको छ र?
तपाईंको बल्दो क्रोधले कस्तो डर ल्याउन सक्छ, कसले जानेको छ?
12हामीलाई सिकाउनुहोस् कि
हाम्रो जीवन कति छोटो छ र हामी बुद्धिमान् बन्न सकौं।
13अझै कति दिनसम्म तपाईंको क्रोध रहला?
हे परमप्रभु! आफ्ना दासहरूलाई टिठ्याउनुहोस्।
14हरेक बिहान आफ्नो अनन्त प्रेमले हामीलाई भर्नुहोस्
र हामी भजन गाउन सकौं र जीवनभरि आनन्द गर्न सकौं।
15अब हामीलाई त्यति नै आनन्द दिनुहोस्,
जति तपाईंले हाम्रा कष्टका दिनमा हामीलाई खिन्नता दिनुभएको थियो।
16हामी तपाईंका दासहरूले तपाईंका सामर्थ्यका कामहरू देख्न पाऔं,
हाम्रा सन्तानले तपाईंको गौरवपूर्ण सामर्थ्य देख्न पाऊन्।
17प्रभु, हाम्रा परमेश्वर, तपाईंको आशीर्वाद हामीमाथि रहोस्,
हामीले गरेका सबै काममा हामीलाई सफलता दिनुहोस्।
Currently Selected:
भजनसंग्रह 90: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.