YouVersion Logo
Search Icon

भजनसंग्रह 87

87
यरूशलेमको प्रशंसा
1परमप्रभुले पवित्र डाँडामा आफ्‍नो सहर बसाल्‍नुभयो!
2इस्राएलका अरू कुनै पनि सहरभन्दा
उहाँले यरूशलेम सहरलाई बढ्ता प्रेम गर्नुहुन्‍छ।
3परमेश्‍वरको सहर,
परमेश्‍वरले तिम्रो बारे भन्‍नुभएका उदेकका कुराहरू सुन:
4“मेरा आज्ञा मान्‍ने देशहरूको सूचीमा मिश्र र बेबिलोनका नामहरू हुनेछन्;
पलिश्‍त, टुरोस र कूशका मानिसहरूको गन्‍ती यरूशलेमका बासिन्‍दाहरूसँग हुनेछ।”
5सियोनको बारेमा यसो भनिनेछ,
सबै जातिहरू त्‍यसका हुन्
र सर्वशक्तिमान्‌ परमेश्‍वरले त्‍यसलाई बलियो बनाउनुहुनेछ।
6परमेश्‍वरले जाति-जातिका मानिसहरूको एउटा सूची बनाउनुहुनेछ
र ती सबैलाई यरूशलेमका बासिन्‍दा मानी नाम लेखिनेछ।
7तिनीहरू नाच्‍नेछन् र गाउनेछन्,
“हाम्रा सारा आशीर्वादको स्रोत सियोनमा छ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 87