YouVersion Logo
Search Icon

भजनसंग्रह 82

82
परमेश्‍वर सर्वोच्‍च शासक
1परमेश्‍वरले स्‍वर्गीय सभा चलाउनुहुन्‍छ,
उहाँले देवहरूको सभामा फैसला दिनुहुन्‍छ।
2तिमीहरूले अधर्मसित न्‍याय गर्न बन्‍द गर्नुपर्छ,
तिमीहरू दुष्‍टपट्टि लाग्‍नुहुन्‍न।
3दरिद्र र टुहुरा-टुहुरीहरूको हकको रक्षा गर,
अभावमा परेका र असहायहरूसँग न्‍यायसंगत काम गर।
4दुष्‍टहरूको शक्तिदेखि तिनीहरूको उद्धार गर।
5“तिमीहरू कति अन्जान छौ! कति बेसमझ!
तिमीहरू पूरा भ्रष्‍ट भएका छौ
र न्‍याय संसारदेखि हराएको छ।
6 # यूहन्‍ना 10:34 मैले भनें, ‘तिमीहरू देवहरू हौ।
तिमीहरू सबै जना सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’
7तर मानिसजस्‍तै तिमीहरू मर्नेछौ,
कुनै पनि राजकुमारझैँ तिमीहरूको जीवनको अन्‍त हुनेछ।”
8हे परमेश्‍वर, आउनुहोस् र संसारमाथि राज्‍य गर्नुहोस्,
सबै जातिहरू तपाईंका हुन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 82