YouVersion Logo
Search Icon

भजनसंग्रह 79

79
देशको सुरक्षाको लागि प्रार्थना
1 # २ राजा 25:8-10; २ इतिहास 36:17-19; यर्मिया 52:12-14 हे परमेश्‍वर! अविश्‍वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्।
तिनीहरूले तपाईंको पवित्र मन्‍दिरलाई अपवित्र गरेका छन्
र यरूशलेमलाई ध्‍वंस पारिराखेका छन्।
2गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू
र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्।
3तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए,
यरूशलेमभरि पानीझैँ रगत बग्‍यो,
मरेकाहरूलाई गाड्‍नलाई कोही बाँचेनन्।
4वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्,
तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्।
5हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्‍छ?
के आगोझैँ तपाईंको क्रोध दन्‍किरहनेछ?
6तपाईंको रिस तपाईंलाई नपुज्‍ने देशहरूमाथि
र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्‍याउनुहोस्
7किनभने तिनीहरूले तपाईंका प्रजालाई मारेका छन्
र तपाईंको देश स्‍वाहा पारेका छन्।
8हाम्रा पुर्खाहरूका पापको लागि हामीलाई दण्‍ड नदिनुहोस्।
हामीलाई दयामाया गर्नुहोस्;
हामीले सबै आशा हराएका छौं।
9हे परमेश्‍वर! हाम्रो सहायता गर्नुहोस् र हामीलाई बचाउनुहोस्,
तपाईंको आफ्‍नो इज्‍जतको खातिर हाम्रा पाप क्षमा गर्नुहोस् र हाम्रो उद्धार गर्नुहोस्।
10देश-देशले किन हामीलाई सोध्‍छन्,
“तिम्रा परमेश्‍वर खोइ?”
आफ्‍नो प्रजाको रगत बहाएको कारणले
तपाईंले ती देशहरूलाई दण्‍ड दिनुभएको हामी हेर्न पाऔँ।
11कैदीहरूको पीडाको स्‍वर सुन्‍नुहोस्
र आफ्‍नो महान् शक्तिले मृत्‍युदण्‍ड पाएकाहरूलाई छुटकारा दिनुहोस्।
12हे प्रभु! तपाईंलाई गरेका अपमानको सट्टामा
ती देशहरूलाई त्‍यसको सात गुणा दण्‍ड दिनुहोस्।
13तब हामी, तपाईंका मानिसहरू, तपाईंका बथानका भेडाहरू
तपाईंलाई सदासर्वदा धन्‍यवाद चढाउनेछौं
र आउँदो सदाकालका निम्‍ति तपाईंको प्रशंसा गर्नेछौं।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 79