YouVersion Logo
Search Icon

भजनसंग्रह 80

80
देश पुनर्निर्माण गर्नलाई प्रार्थना
1 # प्रस्‍थान 25:22 हे इस्राएलका गोठालो! हामीतिर कान थाप्‍नुहोस्–
तपाईं, जसले योसेफलाई भेडाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ–
तपाईं, जो पखेटा भएका जीवहरूमाथि बसालेका सिंहासनमा विराजमान हुनुहुन्‍छ।
2एफ्राइम, बेन्‍यामीन र मनश्‍शे कुलहरूलाई आफ्‍नो दर्शन दिनुहोस्।
आफ्‍ना शक्ति देखाउनुहोस्।
आउनुहोस् र हामीलाई बचाउनुहोस्।
3हे परमेश्‍वर! हामीलाई फर्काई ल्‍याउनुहोस्।
हामीमाथि दयामाया गर्नुहोस् र हामी बाँच्‍नेछौं!
4हे परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर,
अझै कहिलेसम्‍म तपाईं आफ्‍ना प्रजाको प्रार्थनासित रिसाइरहनुहुनेछ?
5तपाईंले हामीलाई खानलाई अफसोस
र पिउनलाई आसुँको कचौरा दिनुभएको छ।
6चारैपट्टिका देशहरूलाई हामीमाथि दुश्‍मनी गर्न दिनुहुन्‍छ,
हाम्रा शत्रुहरू हाम्रो बदनाम गर्छन्।
7हामीलाई फर्काइल्‍याउनुहोस्, हे सर्वशक्तिमान् परमेश्‍वर,
हामीमाथि दयामाया गर्नुहोस् र हामी बाँच्‍नेछौं।
8तपाईंले मिश्रदेखि एउटा अङ्‌गुरको बोट ल्‍याउनुभयो,
तपाईंले अरू देशका प्रजाहरूलाई धपाएर तिनका देशमा त्‍यो बोट रोप्‍नुभयो।
9तपाईंले त्‍यो मौलिएर बढ्‍न जमिन सफा गर्नुभयो।
त्‍यसको जरा गाडियो र त्‍यो सारा देशभरि फैलियो।
10त्यसका छायाँले सबै पहाडहरू ढाकिए,
त्‍यसका हाँगाहरूले ठूल्‍ठूला देवदारुहरूमाथि छायाँ पार्‍यो।
11त्‍यसका हाँगाहरू भूमध्‍य सागरसम्‍म फैलिएर गए,
यूफ्रेटिस नदीसम्‍म पनि ती पुगे।
12त्‍यसलाई घेरेको बार किन भत्‍काउनुभयो?
अब त्‍यहाँबाट जाने कसैले पनि अङ्‌गुर चोर्न सक्‍छ।
13बनेलहरूले ती कुल्‍चन्‍छन्
र जङ्गली जन्‍तुहरूले ती खान्‍छन्।
14हे सर्वशक्तिमान्‌ परमेश्‍वर!
हामीतिर फर्कनुहोस्, स्‍वर्गदेखि हामीलाई हेर्नुहोस्।
आउनुहोस् र आफ्‍ना प्रजालाई बचाउनुहोस्।
15आउनुहोस् र आफूले रोप्‍नुभएको त्‍यो अङ्‌गुरको बोट बचाउनुहोस्,
जुन कलिलो बोटलाई तपाईंले यति बलियो पारेर बढाउनुभयो!
16हाम्रा शत्रुहरूले त्‍यसलाई आगो लाएर काटी ढालेका छन्,
रिसले ती शत्रुहरूलाई हेर्नुहोस् र नाश पार्नुहोस्।
17आफूले चुन्‍नुभएको प्रजालाई जोगाउनुहोस् र रक्षा गर्नुहोस्,
जुन जातिलाई तपाईंले यति बलियो बनाउनुभएको थियो।
18हामी तपाईंदेखि फेरि तर्की जानेछैनौं,
हामीलाई जीवित राख्‍नुहोस् र हामी तपाईंको प्रशंसा गर्नेछौं।
19हामीलाई फर्काई ल्‍याउनुहोस्, हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर!
हामीलाई आफ्‍नो दयामाया देखाउनुहोस् र हामी बाँच्‍नेछौं।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 80