YouVersion Logo
Search Icon

भजनसंग्रह 148

148
परमेश्‍वरको प्रशंसा गर्न विश्‍वलाई आह्‍वान
1परमप्रभुको प्रशंसा गर!
उच्‍च स्‍थानमा बास गर्नेहरू,
तिमीहरूले स्‍वर्गबाट परमप्रभुको प्रशंसा गर।
2उहाँका सबै दूतहरूले, स्‍वर्गका सबै सेनाहरूले,
उहाँको प्रशंसा गर।
3घाम र जून, उहाँको प्रशंसा गर,
चम्‍किला ताराहरू, उहाँको प्रशंसा गर।
4सर्वोच्‍च आकाश र त्‍यसमाथिका जलहरू,
उहाँको प्रशंसा गर।
5ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्!
उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए।
6उहाँका आज्ञाले तिनीहरू आ-आफ्‍ना ठाउँमा सधैँका लागि राखिए
र तिनीहरू अनाज्ञाकारी बन्‍न सक्‍दैनन्।
7पृथ्‍वीदेखि परमप्रभुको प्रशंसा गर,
जल-जन्‍तुहरू र गहिरा सागरहरू।
8बिजुली र असिना, हिउँ र बादलहरू,
उहाँको आज्ञा मान्‍ने प्रबल बतास, उहाँको प्रशंसा गर।
9डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू,
उहाँको प्रशंसा गर।
10घरेलु र जङ्गली जन्‍तुहरू,
घस्रने जन्‍तु र चरा-चुरुङ्गी।
11हे राजाहरू र प्रजाहरू, सबै राजकुमारहरू र सबै शासकहरू,
उहाँको प्रशंसा गर।
12हे ठिटाहरू र ठिटीहरू, बुढा-पाका र बालकहरू,
उहाँको प्रशंसा गर।
13तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्!
उहाँको नाम अरू सबै नामहरूभन्दा उच्‍च छ,
उहाँको महिमा स्‍वर्ग र पृथ्‍वीभन्दा उच्‍च छ।
14उहाँले आफ्‍नो देशलाई बलियो बनाउनुभयो,
त्‍यसैले उहाँका सबै आफ्‍ना जनहरूले,
ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्,
तिनीहरूले उहाँको प्रशंसा गर्छन्।
परमप्रभुको प्रशंसा गर।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in