भजनसंग्रह 148
148
परमेश्वरको प्रशंसा गर्न विश्वलाई आह्वान
1परमप्रभुको प्रशंसा गर!
उच्च स्थानमा बास गर्नेहरू,
तिमीहरूले स्वर्गबाट परमप्रभुको प्रशंसा गर।
2उहाँका सबै दूतहरूले, स्वर्गका सबै सेनाहरूले,
उहाँको प्रशंसा गर।
3घाम र जून, उहाँको प्रशंसा गर,
चम्किला ताराहरू, उहाँको प्रशंसा गर।
4सर्वोच्च आकाश र त्यसमाथिका जलहरू,
उहाँको प्रशंसा गर।
5ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्!
उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए।
6उहाँका आज्ञाले तिनीहरू आ-आफ्ना ठाउँमा सधैँका लागि राखिए
र तिनीहरू अनाज्ञाकारी बन्न सक्दैनन्।
7पृथ्वीदेखि परमप्रभुको प्रशंसा गर,
जल-जन्तुहरू र गहिरा सागरहरू।
8बिजुली र असिना, हिउँ र बादलहरू,
उहाँको आज्ञा मान्ने प्रबल बतास, उहाँको प्रशंसा गर।
9डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू,
उहाँको प्रशंसा गर।
10घरेलु र जङ्गली जन्तुहरू,
घस्रने जन्तु र चरा-चुरुङ्गी।
11हे राजाहरू र प्रजाहरू, सबै राजकुमारहरू र सबै शासकहरू,
उहाँको प्रशंसा गर।
12हे ठिटाहरू र ठिटीहरू, बुढा-पाका र बालकहरू,
उहाँको प्रशंसा गर।
13तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्!
उहाँको नाम अरू सबै नामहरूभन्दा उच्च छ,
उहाँको महिमा स्वर्ग र पृथ्वीभन्दा उच्च छ।
14उहाँले आफ्नो देशलाई बलियो बनाउनुभयो,
त्यसैले उहाँका सबै आफ्ना जनहरूले,
ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्,
तिनीहरूले उहाँको प्रशंसा गर्छन्।
परमप्रभुको प्रशंसा गर।
Currently Selected:
भजनसंग्रह 148: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.