भजनसंग्रह 149
149
प्रशंसाको भजन
1परमप्रभुको प्रशंसा गर!
परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ।
उहाँका विश्वासयोग्य प्रजाका सभाबीच उहाँको प्रशंसा गर।
2हे इस्राएल! आफ्ना सृष्टिकर्तामा हर्ष मनाओ!
हे सियोनका बासिन्दाहरू! तिम्रा राजामा रमाहट गर।
3नाच्दै उहाँको नामको प्रशंसा गर,
वीणा र ढोल बजाएर उहाँको प्रशंसा गर।
4परमप्रभु आफ्ना जनहरूसँग खुसी हुनुहुन्छ,
उहाँले विजय दिएर नम्रहरूको आदर गर्नुहुन्छ।
5परमेश्वरका जनहरू आफ्ना विजयमा रमाऊन्
र रातभरि हर्षसाथ गाऊन्!
6परमेश्वरको प्रशंसा गर्दा तिनीहरू उच्च स्वरले कराऊन्,
तिनीहरूले आफ्ना हातमा धारिलो तरवार लिऊन्
7र देश-देशलाई हराऊन्,
जाति-जातिलाई दण्ड दिऊन्,
8तिनका राजाहरूलाई साङ्लाले बाँधून्,
तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्,
9परमेश्वरको आज्ञाअनुसार देश-देशलाई दण्ड देऊन्।
यो परमेश्वरका आफ्ना प्रजाको विजय हो।
परमप्रभुको प्रशंसा गर!
Currently Selected:
भजनसंग्रह 149: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.