भजनसंग्रह 143
143
सहायताको लागि प्रार्थना
1हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्!
आफ्नो धार्मिकतामा मेरो बिन्ती सुन्नुहोस्
र आफ्नो विश्वासयोग्यतामा मलाई उत्तर दिनुहोस्!
2 #
रोमी 3:20; गलाती 2:16 म तपाईंको दासको परीक्षा नगर्नुहोस्,
तपाईंको दृष्टिमा कोही पनि निर्दोष छैन।
3मेरा शत्रुले खेदेर मलाई भेटेको छ
र मलाई पूरा जितेको छ।
त्यसले मलाई अँध्यारो कोठामा कैद गरेको छ
र म धेरै दिनको लाशजस्तै भएको छु।
4यसैले म शिथिल हुन लागेको छु।
मेरो मनमा गहिरो पीडा छ।
5म बितेका दिनलाई सम्झँदछु,
तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्दछु,
तपाईंका सबै कामहरू म मनमा गुन्दछु।
6म प्रार्थनामा तपाईंतिर आफ्ना हात उचाल्दछु,
सुखा जमिनजस्तै मेरो प्राण तपाईंको निम्ति तिर्खाएको छ।
7परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्!
मैले सबै आशा हराएको छु।
मदेखि आफैंलाई नलुकाउनुहोस्,
नत्रता मृत्यु-लोकमा गएको जस्तै म हुनेछु।
8हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस्
किनभने म तपाईंमाथि भरोसा राख्दछु।
मेरो प्रार्थना तपाईंकहाँ पुग्दछ,
मैले हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्।
9हे परमप्रभु, म आफ्नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु,
मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्।
10तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मलाई तपाईंको इच्छाअनुसार चल्न सिकाउनुहोस्,
ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्याउनुहोस्।
11आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु,
तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्टदेखि मलाई बचाउनुहोस्।
12मप्रति भएको तपाईंको प्रेमको खातिर मेरा शत्रुहरूलाई मार्नुहोस्
र मलाई सताउनेहरू सबैलाई नाश पार्नुहोस्
किनभने म तपाईंको दास हुँ।
Currently Selected:
भजनसंग्रह 143: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.