YouVersion Logo
Search Icon

भजनसंग्रह 138

138
धन्‍यवादको प्रार्थना
1हे परमप्रभु! म आफ्‍नो पूरा हृदयले तपाईंलाई धन्‍यवाद दिन्‍छु,
देवताहरूको अघि म तपाईंको प्रशंसाको भजन गाउँछु।
2तपाईंको अटुट प्रेम र विश्‍वासयोग्‍यताको कारण म तपाईंको पवित्र मन्‍दिरपट्टि फर्कन्‍छु।
तपाईंलाई दण्‍डवत् गर्दछु र तपाईंको नामको प्रशंसा गर्दछु
किनभने तपाईंले आफ्‍ना नाम र आज्ञाहरू सर्वोच्‍च छन्
भनी देखाउनुभएको छ।
3मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो।
आफ्‍नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो।
4हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्
किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्।
5तपाईंले गर्नुभएको काम
र तपाईंको महान् गौरवबारे
तिनीहरूले गीत गाउनेछन्।
6तपाईं यति उच्‍च हुनुहुन्‍छ
र पनि तपाईंले साना-तिनाहरूको वास्‍ता गर्नुहुन्‍छ
र घमण्‍डीहरू तपाईंदेखि लुक्‍न सक्‍दैनन्।
7कष्‍टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्‍नुहुन्‍छ,
तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्‍छ
र आफ्‍नो शक्तिले मलाई बचाउनुहुन्‍छ।
8आफूले प्रतिज्ञा गर्नुभएको सबै थोक तपाईंले पूरा गर्नुहुनेछ,
परमप्रभु, तपाईंको प्रेम अमर छ।
आफूले सुरु गर्नुभएको काम पूरा गर्नुहोस्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 138