YouVersion Logo
Search Icon

भजनसंग्रह 137

137
देश निकालाबास भएका इस्राएलीहरूको विलाप
1हामी बेबिलोनका नदीका किनारमा बस्‍यौं,
त्‍यहाँ सियोनलाई सम्‍झेर हामी रोयौं।
2आफ्‍ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्‍डायौं।
3हामीलाई कैद गर्नेहरूले गाउन लाए,
तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए:
“हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।”
4हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र?
5हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने
म फेरि कहिल्‍यै पनि वीणा बजाउन नसकूँला!
6मैले तिमीलाई याद गरिनँ भने
र तिमीलाई आफ्‍नो सर्वोत्तम आनन्‍द मानी याद गरिनँ भने
म फेरि कहिल्‍यै गाउन नसकूँला!
7हे परमप्रभु, यरूशलेम कब्‍जा गरेको दिन
एदोमीहरूले के गरे, याद गर्नुहोस्!
तिनीहरूले भनेका यी कुरा स्‍मरण गर्नुहोस्–
“यसलाई ध्‍वंस पारेर जमिनमा खसालिदिनुहोस्!”
8 # प्रकाश 18:6 हे बेबिलोन, तँ नाश पारिनेछस्।
तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्।
9उसले तेरा स-साना बच्‍चाहरू लिनेछन्
र तिनीहरूलाई चट्टानमा पछार्नेछन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 137