YouVersion Logo
Search Icon

भजनसंग्रह 126

126
छुटकाराको लागि प्रार्थना
1परमप्रभुले हामीलाई यरूशलेममा फर्काएर ल्‍याउनुभएको कुरा
एउटा सपनाजस्‍तो थियो!
2हामी कति हाँस्‍यौं, कति खुसीले गायौं!
र अरू जातिहरूले हाम्रा बारेमा भने:
“परमप्रभुले तिनीहरूको लागि महान् कार्यहरू गर्नुभयो।”
3साँच्‍चै उहाँले हाम्रो निम्‍ति महान् कार्यहरू गर्नुभयो,
हामी कति खुसी भयौं!
4जसरी वर्षाले सुखा नदीमा पानी ल्‍याउँदछ, हे परमप्रभु!
त्‍यसरी नै हाम्रो सुख-शान्‍ति फर्काइदिनुहोस्।
5रुँदै बिउ छर्नेहरूले आनन्‍दसाथ बाली काटून्।
6बिउ बोकी रुँदै छर्न जानेहरू
बाली बोकी आनन्‍दले गाउँदै फर्कनेछन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 126