भजनसंग्रह 125
125
परमेश्वरका प्रजाको सुरक्षा
1ज-जसले परमप्रभुमा भरोसा राख्छन्,
तिनीहरू कहिले नहल्लिने र नसर्ने सियोन पहाडजस्तै हुन्छन्।
2जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
त्यसरी नै परमप्रभुले आफ्ना प्रजालाई
अहिले र सदासर्वदा घेरिराख्नुहुन्छ।
3दुष्टहरूले धर्मीहरूको देशमा सधैँभरि राज्य गर्नेछैनन्,
नत्र धर्मीहरूले नै दुष्ट काम गर्नेथिए।
4परमप्रभु, भलो गर्ने मानिसहरूसँग
र तपाईंका आज्ञा मान्नेहरूसँग
भलाइ नै गर्नुहोस्।
5तर तपाईंले दुष्टलाई दण्ड दिनुहुँदा
तपाईंको मार्ग त्याग्नेहरूलाई पनि दण्ड दिनुहोस्।
इस्राएलमा शान्ति होस्!
Currently Selected:
भजनसंग्रह 125: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.