YouVersion Logo
Search Icon

भजनसंग्रह 125

125
परमेश्‍वरका प्रजाको सुरक्षा
1ज-जसले परमप्रभुमा भरोसा राख्‍छन्,
तिनीहरू कहिले नहल्‍लिने र नसर्ने सियोन पहाडजस्‍तै हुन्‍छन्।
2जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
त्‍यसरी नै परमप्रभुले आफ्‍ना प्रजालाई
अहिले र सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।
3दुष्‍टहरूले धर्मीहरूको देशमा सधैँभरि राज्‍य गर्नेछैनन्,
नत्र धर्मीहरूले नै दुष्‍ट काम गर्नेथिए।
4परमप्रभु, भलो गर्ने मानिसहरूसँग
र तपाईंका आज्ञा मान्‍नेहरूसँग
भलाइ नै गर्नुहोस्।
5तर तपाईंले दुष्‍टलाई दण्‍ड दिनुहुँदा
तपाईंको मार्ग त्‍याग्‍नेहरूलाई पनि दण्‍ड दिनुहोस्।
इस्राएलमा शान्‍ति होस्!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in