भजनसंग्रह 124
124
परमेश्वर, आफ्ना प्रजाका रक्षक
1परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए
के हुन्थ्यो?
हे इस्राएल, जवाफ देऊ!
2हामीमाथि शत्रु आइलागेका बेलामा
परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
3हाम्रा विरुद्धमा भएको आफ्नो बल्दो रिसमा
तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।
4पानीले हामीलाई डुबाउनेथियो
र भलले हामीलाई बगाई लैजानेथियो।
5उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो।
6हामी परमप्रभुलाई धन्यवाद चढाऔं,
उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन।
7शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं,
पासो चुँडिएको छ र हामी मुक्त भएका छौं!
8स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट
हाम्रो सहायता आउँदछ।
Currently Selected:
भजनसंग्रह 124: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.