भजनसंग्रह 120
120
सहायताको लागि प्रार्थना
1मैले कष्टमा छँदा परमप्रभुलाई पुकारें
र उहाँले मलाई उत्तर दिनुभयो।
2झूटा र छलीहरूदेखि मलाई बचाउनुहोस्,
हे परमप्रभु!
3हे झूटाहरू हो! परमेश्वरले तिमीहरूलाई के गर्नुहुनेछ?
उहाँले कस्तो दण्ड तिमीहरूलाई दिनुहुनेछ?
4सिपाहीको तीखो काँडले र जलिरहेको आगोको भुङ्ग्राले
तिमीहरूलाई उहाँले दण्ड दिनुहुनेछ!
5तिमीहरूका माझमा बास गर्नु,
मेशेक वा केदारका मानिसहरूका बीचमा बास गर्नु जतिकै खराब छ।
6शान्तिलाई घृणा गर्ने मानिसहरूसँग
म धेरै दिनदेखि बास गरिरहेको छु।
7जब म शान्तिको कुरा गर्दछु,
तिनीहरू लडाइँ गर्न तयार हुन्छन्।
Currently Selected:
भजनसंग्रह 120: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.