YouVersion Logo
Search Icon

भजनसंग्रह 121

121
परमप्रभु हाम्रा रक्षक
1पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍दछु।
मेरो सहायता कहाँबाट आउनेछ?
2स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने
परमप्रभुबाट मेरो सहायता आउनेछ।
3उहाँले तँलाई लोट्‍न दिनुहुनेछैन,
तेरो रक्षक सधैँ जागा रहनुहुन्‍छ।
4इस्राएलका रक्षक न कहिल्‍यै उँघ्‍नुहुन्‍छ न निदाउनुहुन्‍छ।
5परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ,
तेरो रक्षाको लागि उहाँ तेरो छेउमा हुनुहुन्‍छ।
6दिउँसो सूर्यले र राती जूनले तँलाई हानि गर्नेछैनन्।
7परमप्रभुले तँलाई सबै खतरादेखि बचाउनुहुनेछ,
उहाँले तँलाई कुशल राख्‍नुहुनेछ।
8तँ जाँदा-आउँदा अहिले अनि सधैँभरि
उहाँले तेरो रक्षा गर्नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in