मत्ती 22:37-39
मत्ती 22:37-39 सरल नेपाली
येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्य र ठूलो आज्ञा यही हो। अनि यस्तै अर्को मुख्य र ठूलो आज्ञाचाहिँ, ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।’