YouVersion Logo
Search Icon

उपदेशक 12

12
1यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्‍द छैन,” भन्‍नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर। 2त्‍यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्‍नेछ र वर्षा ल्‍याउने बादल कहिल्‍यै हट्‍नेछैन। 3त्‍यस बेला तिमीलाई रक्षा गर्दैल्‍याउने तिम्रा पाखुरा थरथरी काम्‍नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्‍न छोड्‍नेछन्। 4तिम्रा कानहरू बहिरा हुनेछन् र तिमीले बाटोको आवाज सुन्‍नेछैनौ। गाएका गीत वा जाँतो पिंधेको आवाज सुन्‍न सक्‍नेछैनौ तर चराले गीत गाउँदा पनि तिमी निद्राबाट जाग्‍नेछौ। 5अग्‍ला ठाउँदेखि तिमी डराउनेछौ र हिँड्दा तिमीलाई डर हुनेछ। तिम्रो केश फुल्‍नेछ, तिमीलाई यताउति घस्रेर हिँड्‍नुपर्नेछ र केही गर्न मन लाग्‍नेछैन।
तिमी आफ्‍नो अन्‍तिम विश्राम लिने ठाउँतिर गइरहेका हुनेछौ र गल्‍लीमा मानिसहरूले शोक मनाउनेछन्। 6चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्‍नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्‍नेछ। 7हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्‍वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्‍वरको सम्‍झना गर।
8व्‍यर्थ, व्‍यर्थ, सबै व्‍यर्थ भनी उपदेशक भन्‍दछन्।
सबै कुराको निष्‍कर्ष
9तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्‍यबारे इमानदारीसाथ जाँच गरे। 10उपदेशकले ठीक कुरा भेट्टाउने चेष्‍टा गरे। तिनले जे लेखे, ती सत्‍य थिए। 11बुद्धिमान्‌का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्‍छन् र सङ्‌ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्‍छन्। हामी सबैका एउटै गोठालो परमेश्‍वरले ती दिनुभएको हो।
12ए मेरो छोरो, अर्को एउटा कुरा पनि नजरमा राख्‍नुपर्छ। पुस्‍तक लेखाइको अन्‍त छैन र धेरै पढाइले मानिसलाई थकाउँछ।
13यी सबै कुरा सुन्‍यौ, अब एउटै कुरा मात्र भन्‍नु छ; परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर किनभने त्‍यति गर्नलाई मात्र मानिसको सृष्‍टि गरिएको हो। 14हामीले गरेका सबै काम असल होस् वा खराब, गुप्‍तमा गरेका कामसमेत परमेश्‍वरले न्‍याय गर्नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in