YouVersion Logo
Search Icon

उपदेशक 11

11
बुद्धिमान्‌ मानिसको काम
1आफ्‍नो धन उदार चित्तले देऊ र धेरै दिनपछि तिमीले त्‍यो फेरि पाउनेछौ। 2तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ किनभने तिमी जान्‍दैनौ, कस्‍तो विपत्ति देशमा आइपर्नेछ।
3रूख जतैतिर ढलोस्, त्‍यो त्‍यहीँ लडिरहन्‍छ। बादल पानीले भरियो भने त्‍यसले वर्षा ल्‍याउँछ। 4हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्‍यै अन्‍न लाउने र त्‍यसको कटनी गर्नेछैनौ। 5परमेश्‍वरले सबै थोक बनाउनुभयो तर तिमी जसरी गर्भवती स्‍त्रीको गर्भमा जीवन सुरु भएको बुझ्‍न सक्‍दैनौ, त्‍यसरी नै परमेश्‍वरको काम बुझ्‍न सक्‍दैनौ। 6बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्‍जनी हुन्‍छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्‍छ, त्‍यो तिमी कहिल्‍यै जान्‍दैनौ।
7दिउँसोको उज्‍यालोमा आनन्‍द लिन सक्‍नु असल कुरा हो। 8आफ्‍नो जीवनको हरेक वर्षको निम्‍ति धन्‍यवादी होओ। तिम्रो आयु जति नै लामो होस्, त्‍योभन्दा लामो तिम्रो मरणपछिको समय हुनेछ भनी याद राख। आशा गर्नुपर्ने कुरा केही पनि छैन।
युवाहरूलाई सल्‍लाह
9ए युवाहरू हो, आफ्‍ना जवानीमा आनन्‍द गर, युवावस्‍था छउञ्‍जेल सुख-चैन गर। आफ्‍नो मनको इच्‍छा पूरा गर र जे मन लाग्‍छ, त्‍यो गर। तर यतिचाहिँ याद राख कि परमेश्‍वरले तिम्रा सबै कामको लेखा लिनुहुनेछ।
10केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्‍था धेरै दिन रहनेछैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in