भजनसंग्रह 46
46
परमेश्वर हाम्रो शरणस्थान र शक्ति
सङ्गीत-निर्देशकको निम्ति अलामोत#46 अलामोत एक किसिमको भजन हो। नामक कोरहवंशीको भजन
1परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता।
2यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्,
3चाहे समुद्र गर्जोस् र फीँज काढ़ोस्,
र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
4एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको नगर, अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ।
5परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
6जाति-जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छन्, उहाँले आफ्नो सोर उचाल्नुहुन्छ, पृथ्वी पग्लन्छ।
7सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
8आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा ल्याउनुभएको उजाड अवस्था।
9उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ।
10“शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”
11सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
Currently Selected:
भजनसंग्रह 46: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012