भजनसंग्रह 45
45
राजाको विवाह-गीत
सङ्गीत-निर्देशकको निम्ति कोरहवंशीको मस्किल, “लिली फूल” को रागअनुसार विवाह-गीत
1उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ, जसै म राजाको निम्ति गीत गाउँदछु। मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।
2तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ, तपाईंका ओठ अनुग्रहले अभिषेक भएका छन्, किनकि परमेश्वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
3हे परमशक्तिशाली, आफ्नो कमरमा आफ्नो तरवार भिर्नुहोस्, अनि प्रताप र गौरव धारण गर्नुहोस्।
4आफ्नो गौरवमा विजयसाथ, सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्। तपाईंको दाहिने बाहुलीले चमत्कारका कार्य प्रदर्शन गरोस्।
5तपाईंका तीक्ष्ण बाणहरूले राजाका शत्रुहरूका मुटु छेडून्। जाति-जातिहरू तपाईंका चरणमा झुकून्।
6हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ,#हिब १:८-९
र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हुनेछ।
7तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ,
र अधर्मलाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।
8तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्नाले सुगन्धित छन्। हस्ती हाड़ले सुसज्जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्न तुल्याउँछ।
9राजकन्याहरू तपाईंका आदरणीय महिलाहरूमध्येका हुन्, तपाईंको दाहिनेपट्टि ओपीरको सुनका गहना पहिरेकी राजसी दुलही छिन्।
10ध्यान देऊ, हे राजकन्या, र कान थापेर सुन, तिम्रा आफन्तहरू र तिम्रा पिताको घरलाई बिर्स।
11तिम्रो सौन्दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्मान देऊ, किनकि उहाँ तिम्रा स्वामी हुनुहुन्छ।
12टुरोसकी राजकन्या उपहार लिएर आउनेछिन्, धनाढ्य मानिसहरूले तिम्रो निगाह खोज्नेछन्।
13आफ्नो खोपीमा राजकुमारी ऐश्वर्यमयी छिन्। तिनको वस्त्रमा सुन जड़िएको छ।
14बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्याइन्छिन्। तिनका कुमारी सहेलीहरू तिनलाई पछ्याउँछन्,
र तपाईंकहाँ ल्याइन्छिन्।
15खुशी र आनन्दसित तिनीहरू भित्र लगिन्छन्। तिनीहरू राजाको महलभित्र प्रवेश गर्छन्।
16तपाईंका पिताको स्थान तपाईंका पुत्रहरूले लिनेछन्। तपाईंले तिनीहरूलाई सारा देशमा राजकुमारहरू बनाउनुहुनेछ।
17तपाईंको स्मृति पुस्ता-पुस्तासम्म म कायम राखिदिनेछु, यसकारण जाति-जातिहरूले सदासर्वदा तपाईंको प्रशंसा गर्नेछन्।
Currently Selected:
भजनसंग्रह 45: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012