YouVersion Logo
Search Icon

भजनसंग्रह 30

30
मृत्‍युबाट छुटकारा पाएकोमा धन्‍यवादको गीत
मन्‍दिर समर्पणको निम्‍ति दाऊदको भजन
1हे परमप्रभु, म तपाईंका महानताको स्‍तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्‍नुभएको छ,
र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन।
2हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।
3हे परमप्रभु, तपाईंले मलाई चिहानबाट#30:3 हिब्रूमा “पातालबाट” निकाल्‍नुभयो,
र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो।
4हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ,
र उहाँको पवित्र नाउँको स्‍तुति गर।
5किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्‍छ, तर उहाँको निगाह आजन्‍म रहन्‍छ, आँसु रातभरि मात्र बग्‍छ, तर बिहान आनन्‍द आउँदछ।
6सुरक्षित भएको समयमा, “म कहिल्‍यै डग्‍नेछैनँ” मैले भनें।
7हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो,
म दु:खित भएँ।
8हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्‍ति पुकारें।
9“म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्‍छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्‍यसले तपाईंको विश्‍वसनीयताको वर्णन गर्छ र?
10हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस्‌, र ममाथि अनुग्रह गर्नुहोस्‌। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्‌।”
11तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्‌ग्राको वस्‍त्र फुकालिदिएर आनन्‍द पहिराइदिनुभयो,
12यस हेतुले कि मेरो मनले तपाईंको स्‍तुतिगान गरोस्‌, र चूप नलागोस्‌। हे परमप्रभु मेरा परमेश्‍वर, म सदासर्वदै, तपाईंमा धन्‍यवाद चढ़ाउनेछु।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in