YouVersion Logo
Search Icon

भजनसंग्रह 136

136
धन्‍यवादको भजन
1परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्‍छ,#१ इति १६:३४; २ इति ५:१३; ७:३; एज्रा ३:११; भज १००:५; १०६:१; १०७:१; ११८:१; यर ३३:११ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
2देवताहरूका परमेश्‍वरलाई धन्‍यवाद देओ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
3प्रभुहरूका परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
4उहाँले मात्र आश्‍चर्य कामहरू गर्नुहुन्‍छ: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
5उहाँले आफ्‍नो समझशक्तिले स्‍वर्ग सृष्‍टि गर्नुभयो:#उत १:१ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
6उहाँले पानीमाथि पृथ्‍वी फैलाउनुभयो:#उत १:२ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
7उहाँले ठूला-ठूला ज्‍योतिहरू बनाउनुभयो:#उत १:१६ उहाँको प्रेम सदाकाल रहिरहन्‍छ।
8उहाँले दिनमा प्रभुत्‍व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
9उहाँले रातमा प्रभुत्‍व गर्नलाई चन्‍द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
10उहाँले मिश्रदेशका ज्‍येष्‍ठहरूलाई मार्नुभयो:#प्रस १२:२९ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
11उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्‍याउनुभयो:#प्रस १२:५१ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
12उहाँले शक्तिशाली हात र पसार्नुभएको पाखुराले तिनीहरूलाई निकाली ल्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
13उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो:#प्रस १४:२१-२९ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
14उहाँले इस्राएललाई त्‍यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
15उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
16उहाँले आफ्‍ना मानिसहरूलाई उजाड-स्‍थानको बीचबाट डोर्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
17उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
18उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
19उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो:#गन्ती २१:२१-३० उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
20उहाँले बाशानका राजा ओगलाई मार्नुभयो:#गन्ती २१:३१-३५ उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
21उहाँले उनको देश पैतृक-सम्‍पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
22उहाँले त्‍यो देश आफ्‍नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
23उहाँले हामीलाई हाम्रो दुर्दशामा स्‍मरण गर्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
24उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
25उहाँले प्रत्‍येक प्राणीलाई आहार दिनुहुन्‍छ: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
26स्‍वर्गका परमेश्‍वरलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 136