YouVersion Logo
Search Icon

भजनसंग्रह 110

110
परमप्रभुले राजालाई अधिकार दिनुभएको
दाऊदको भजन
1परमप्रभुले मेरा प्रभुलाई भन्‍नुहुन्‍छ,#हिब १:१३; ८:१; १०:१२-१३#मत्ती २२:४४; मर्क १२:२६; लूक २०:४२-४३; प्रे २:३४-३५; १ कोर १५:२५; एफि १:२०-२२; कल ३:१ “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।”
2परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्‍डको विस्‍तार गर्नुहुनेछ, तपाईंका शत्रुहरूमाथि तपाईंले शासन गर्नुहुनेछ।
3तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्‍वेच्‍छासाथ आफू-आफूलाई दिइहाल्‍नेछन्‌। तपाईं पवित्रताको वैभवमा सुशोभित भई,
प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्‍त गर्नुहुनेछ।
4परमप्रभुले शपथ खानुभएको छ,#हिब ५:६; ६:२०; ७:१७,२१
र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीसेदेकको दर्जाबमोजिम
तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”
5परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्‍छ, उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ।
6उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्‍याय गर्नुहुनेछ, अनि सारा पृथ्‍वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ।
7उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्‍यसकारण उहाँले आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in