YouVersion Logo
Search Icon

भजनसंग्रह 111

111
परमप्रभुको प्रशंसा
1परमप्रभुको प्रशंसा गर। मेरो सम्‍पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्‍च पार्नेछु।
2परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्‌।
3उहाँका काम महिमामय र वैभवशाली छन्‌,
र उहाँको धार्मिकता सदाकाल रहिरहन्‍छ।
4उहाँले आफ्‍ना आश्‍चर्यकर्म स्‍मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ।
5उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्‍छ, अनि आफ्‍नो करारको सधैँ सम्‍झना राख्‍नुहुन्‍छ।
6उहाँले आफ्‍नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्‍ना कार्यको शक्ति आफ्‍ना जनलाई देखाउनुभएको छ।
7उहाँका हातका कामहरू विश्‍वासयोग्‍य र न्‍यायपूर्ण छन्‌, उहाँका सबै आदेश विश्‍वसनीय हुन्‍छन्‌।
8ती सदाकालको लागि अटल छन्‌, विश्‍वासयोग्‍यता र सत्‍यतामा गरिएका छन्‌।
9उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति उद्धार उपलब्‍ध गराउनुभयो, उहाँले आफ्‍नो करार सदा स्‍थिर रहोस्‌ भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्‍य छ।
10परमप्रभुको भय बुद्धिको सुरु हो,#अयू २८:२८; हितो १:७; ९:१० उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्‍छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in