भजनसंग्रह 109
109
प्रतिशोधको याचना
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
1हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्।
2किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्, तिनीहरूले मेरो विषयमा झूटो बोल्ने जिब्राले बोलेका छन्।
3घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन्, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्।
4मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ।
5तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्,
र मेरो मित्रताको साटो घृणा।
6कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस्,
र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्।
7त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरिओस्,
र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्।
8त्यसको आयु अल्प होस्,#प्रे १:२०
र त्यसको पद अर्कोले खोसोस्।
9त्यसका छोरा-छोरीहरू पितृहीन होऊन्,
र त्यसकी पत्नी विधवा होस्।
10त्यसका छोरा-छोरीहरू भीख माग्ने होऊन्, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्।
11त्यससँग भएका सबै सम्पत्ति साहूले जफत गरोस्,
र त्यसको परिश्रमका फलहरू पराईहरूले लुटून्।
12त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्।
13त्यसका सन्तान-दरसन्तान बहिष्कृत होऊन्, अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिऊन्।
14त्यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्झना होस्,
र त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्।
15तिनीहरूका पाप निरन्तर परमप्रभुको सामु रहून्,
र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदेऊन्।
16किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दु:खी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्युसम्मै त्यसले खेदो गरेको थियो।
17त्यसले सराप दिन मन पराउँथ्यो— त्यो सराप त्यहीमाथि आइपरोस्। त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् टाढ़ै रहोस्।
18त्यसले वस्त्र धारण गरेजस्तै सराप धारण गर्यो। सराप त्यसको पेटमा पानीजस्तै भरियो,
र तेलजस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो।
19सराप त्यसको लागि वस्त्रजस्तै होस्,
र यो त्यसको कमरमा निरन्तर बाँधिने पटुकाजस्तै होस्।
20मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परमप्रभुले यस्तै पुरस्कार देऊन्।
21तर हे परमप्रभु परमेश्वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस्,
र मलाई छुटाउनुहोस्।
22किनभने म दरिद्र र दु:खी छु,
र मेरो हृदय मभित्र घायल छ।
23म बेलुकीको छायाजस्तै विलोप हुन्छु, सलह झैं म टकटक्याइएर फालिएको छु।
24उपवास बस्दा-बस्दा मेरा घुँड़ाहरू निर्बल भएका छन्,
र मेरो शरीर दुब्लो र सुकेको छ।
25मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु,#मत्ती २७:३९; मर्क १५:२९ तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्।
26हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्।
27यो तपाईंको हात हो भनी तिनीहरूले जानून्,
र हे परमप्रभु, तपाईंले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझून्।
28तिनीहरूले सराप्न सक्छन्, तर तपाईंले आशिष् दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्, तर तपाईंको दास हर्षित हुनेछ।
29मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन्,
र आफ्नो शर्मको खास्टोले ढाकेका हुनेछन्।
30म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु।
31किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्छ,
र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ।
Currently Selected:
भजनसंग्रह 109: NNRV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: