YouVersion Logo
Search Icon

गन्ती 26

26
इस्राएलीहरूको दोस्रो गन्ती
1विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्‍नुभयो, #गन्ती १:१-४६ 2“इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।” 3तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने, 4“परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्‍ती गर्‌।”
मिश्रबाट निस्‍केर आएका इस्राएलीहरू यी नै हुन्‌:
5इस्राएलका जेठा छोरा रूबेनका सन्‍तान:
हानोकबाट हानोकीहरूको वंश,
पल्‍लुबाट पल्‍लुईहरूको वंश,
6हेस्रोनबाट हेस्रोनीहरूको वंश,
कर्मीबाट कर्मीहरूको वंश भए।
7रूबेनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४३,७५० थियो।
8पल्‍लुका छोरा एलीआब थिए। 9एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यिनीहरू तिनै दातान र अबीराम, समुदायका पदाधिकारी हुन्, जो कोरहको दलमा मिसिएर मोशा र हारूनसँग झगड़ा गरेर परमप्रभुको विरुद्धमा उठेका थिए। 10तब धरतीले मुख बाएर तिनीहरूलाई कोरहसँगै निलेको थियो, जुन बेला दुई सय पचास जना आगोले भस्‍म भएका थिए। तिनीहरू एक दृष्‍टान्‍त बनेका थिए। 11तर कोरहका छोराहरूचाहिँ मरेका थिएनन्‌।
12शिमियोनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
नमूएलबाट नमूएलीको वंश,
यामीनबाट यामीनीहरूको वंश,
याकीनबाट याकीनीहरूको वंश,
13जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश,
14शिमियोनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या २२,२०० थियो।
15गादका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
सेफोनबाट सेफोनीहरूको वंश, हाग्‍यीबाट हाग्‍यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश,
16ओजनीबाट ओजनीहरूको वंश,
एरीबाट एरीहरूको वंश,
17अरोदीबाट अरोदीहरूको वंश,
अरेलीबाट अरेलीहरूको वंश भए।
18गादीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४०,५०० थियो।
19एर्‌ र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनान देशमा मरे।
20यहूदाका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
शेलहबाट शेलानीहरूको वंश,
फारेसबाट फारेसीहरूको वंश,
जेरहबाट जेरहातीहरूको वंश भए।
21फारेसका सन्‍तान:
हेस्रोनबाट हेस्रोनीहरूको वंश,
हामूलबाट हामूलीहरूको वंश भए।
22यहूदाको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ७६,५०० थियो।
23इस्‍साखारका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
तोलाबाट तोलाहीहरूको वंश,
पुवाबाट पुवातीहरूको वंश,
24याशूबबाट याशूबीहरूको वंश,
शिम्रोनबाट शिम्रोनीहरूको वंश भए।
25इस्‍साखारको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ६४,३०० थियो।
26जबूलूनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
सेरेदबाट सेरेदीहरूको वंश,
एलोनबाट एलोनीहरूको वंश,
यहलेलबाट यहेलेलीहरूको वंश भए।
27जबूलूनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ६०,५०० थियो।
28योसेफका सन्‍तान मनश्‍शे र एफ्राइमबाट तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌:
29मनश्‍शेका सन्‍तान:
माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),
30गिलादबाट गिलादीहरूको वंश भए। गिलादका सन्‍तान:
ईएजेरबाट ईएजेरीहरूको वंश,
हेलेकबाट हेलेकीहरूको वंश,
31अस्रीएलबाट अस्रीएलीहरूको वंश,
शकेमबाट शकेमीहरूको वंश, 32शमीदाबाट शमीदीहरूको वंश, हेपेरबाट हेपेरीहरूको वंश भए। (हेपेरका छोरा सलोफादको कोही छोरा थिएन, तर छोरीहरू मात्र थिए। 33सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।)
34मनश्‍शेको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५२,७०० थियो।
35एफ्राइमका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
शूतेलहबाट शूतेलहीहरूको वंश,
बेकेरबाट बेकेरीहरूको वंश,
तहनबाट तहनीहरूको वंश भए।
36शूतेलहका सन्‍तान:
एरानबाट एरानीहरूको वंश भयो।
37एफ्राइमको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ३२,५०० थियो।
योसेफका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।
38बेन्‍यामीनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
बेलाबाट बेलाहीहरूको वंश,
अश्‍बेलबाट अश्‍बेलीहरूको वंश,
अहीरामबाट अहीरामीहरूको वंश,
39शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूको वंश भए।
40आर्द र नामानबाट बेलाका सन्‍तान:
आर्दबाट आर्दीहरूको वंश,
नामानबाट नामानीहरूको वंश भए।
41बेन्‍यामीनको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,६०० थियो।
42दानका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
शूहामबाट शूहामीहरूको वंश भयो।
दानको कुलका वंशहरू यी नै हुन्‌। 43यी सबै शूहामीहरूका वंशहरू भए। तिनीहरूको संख्‍या ६४,४०० थियो।
44आशेरका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार:
यिम्‍नाबाट यिम्‍नीहरूको वंश,
यिश्‍वीबाट यिश्‍वीहरूको वंश,
बरीआबाट बरीअतीहरूको वंश भए,
45अनि बरीआका सन्‍तानबाट:
हेबेरबाट हेबेरीहरूको वंश,
मल्‍कीएलबाट मल्‍कीएलीहरूको वंश भए।
46(आशेरकी छोरीको नाउँ सेरह थियो।)
47आशेरको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५३,४०० थियो।
48नप्‍तालीका सन्‍तान तिनीहरूको वंश-वंशअनुसार:
यहसीलबाट यहसीलीहरूको वंश,
गुनीबाट गुनीहरूको वंश,
49येसेरबाट येसेरीहरूको वंश,
शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश भए।
50नप्‍तालीको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,४०० थियो।
51इस्राएलीहरूका पुरुषहरूको जम्‍मा संख्‍या ६,०१,७३० थियो।
52परमप्रभुले मोशालाई भन्‍नुभयो, #गन्ती ३४:१३; यहो १४:१-२ 53“तिनीहरूका नाउँको संख्‍याअनुसार देश तिनीहरूका अधिकारको निम्‍ति बाँड़िओस्‌। 54ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्‍यसका मानिसको संख्‍याअनुसार अधिकार दिइओस्‌। 55तापनि त्‍यो देश चिट्ठा हालेरै बाँड़िओस्‌। तिनीहरूका आ-आफ्‍ना पुर्खाका कुलको नाउँअनुसार तिनीहरूले अधिकार गरून्‌। 56ठूला र सानाका बीचमा अधिकार चिट्ठा हालेर नै बाँड़िओस्‌।”
57तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्‌:
गेर्शोनबाट गेर्शोनीहरूको वंश,
कहातबाट कहातीहरूको वंश,
मरारीबाट मरारीहरूको वंश भए।
58लेवीको कुलका वंशहरू यी पनि हुन्‌:
लिब्‍नीहरूको वंश, हेब्रोनीहरूको वंश,
महलीहरूको वंश, मूशीहरूको वंश,
कोरहीहरूको वंश,
(कहात अम्रामका पुर्खा थिए। 59अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्‍माइएकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्‍माइन्‌। 60नादाब, अबीहू, एलाजार र ईतामार हारूनका छोराहरू थिए। #गन्ती ३:२ 61तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्‍य अग्‍निद्वारा बलि चढ़ाउँदा मरेका थिए।) #लेवी १०:१-२; गन्ती ३:४
62एक महिना र त्‍यसभन्‍दा माथिका लेवी पुरुषहरूको संख्‍या २३,००० थियो। तिनीहरू अरू इस्राएलीहरूका साथमा गनिएका थिएनन्, किनभने इस्राएलीहरूका बीचमा तिनीहरूलाई कुनै अधिकार दिइएको थिएन।
63मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए। 64तर यिनीहरूमध्‍ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्‍थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन, 65किनभने “तिनीहरू उजाड़-स्‍थानमा नै मर्नेछन्‌” भनी परमप्रभुले भन्‍नुभएको थियो। यपुन्‍नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्‍येको एउटै मानिस पनि जीवित थिएन। #गन्ती १४:२६-३५

Currently Selected:

गन्ती 26: NNRV

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for गन्ती 26