YouVersion Logo
Search Icon

गन्ती 25

25
शित्तीममा मूर्तिपूजा
1इस्राएलीहरू शित्तीममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्‍यभिचार गर्न लागे। 2तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्‍तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्‍डवत्‌ गरे। 3यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्‍न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो।
4परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार्‌ र परमप्रभुकै सामुन्‍ने चर्को घाममा राखिदे, कि परमप्रभुको भयानक क्रोध इस्राएलीहरूबाट हटोस्‌।”
5मोशाले इस्राएलका न्‍यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्‍ने सबै मानिसहरूलाई मार्नुपर्छ।”
6इस्राएलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्‍यस बेला एक-जना इस्राएलीले मोशा र इस्राएली समुदायकै सामुन्‍ने आफ्‍नो परिवारमा एउटी मिद्यानी आइमाईलाई ल्‍यायो। 7जब एलाजारको छोरा, हारूनका नाति पीनहासले त्‍यो देखे, तब तिनले समुदायको मध्‍यबाट उठेर आफ्‍नो हातमा एउटा भाला लिएर 8त्‍यस इस्राएलीको पछिपछि पालभित्र गएर त्‍यस इस्राएली र त्‍यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्‍यसपछि इस्राएलीहरूबाट त्‍यो विपत्ति हट्यो। 9तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए।
10तब परमप्रभुले मोशालाई भन्‍नुभयो, 11“एलाजारको छोरो, पूजाहारी हारूनको नाति पीनहासले इस्राएलीहरूका बीचमा मेरो खातिर राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्‍म पारिनँ। 12यसकारण यसो भन्, ‘हेर्, म त्‍यससँग मेरो शान्‍तिको करार बाँध्‍छु। 13त्‍यसलाई र त्‍यसको वंशलाई पनि सधैँको लागि पूजाहारीपदमा स्‍थिर गरिनेछन्, किनभने त्‍यो आफ्‍ना परमेश्‍वरको निम्‍ति जोशिलो थियो। त्‍यसले इस्राएलीहरूका निम्‍ति प्रायश्‍चित गर्‍यो’।”
14त्‍यस मिद्यानी आइमाईको साथमा मारिने इस्राएलीको नाउँ जिम्री थियो, जो शिमियोनको कुलको एक परिवारका मुखिया सालूको छोरो थियो। 15त्‍यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई।
16फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, 17“मिद्यानीहरूलाई सताएर मार्, 18किनभने उनीहरूले पनि तिमीहरूलाई सताए, र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।”

Currently Selected:

गन्ती 25: NNRV

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in