YouVersion Logo
Search Icon

लेवीहरू 3

3
मेलबलि
1“‘कसैको भेटी मेलबलि भए, र त्‍यसले गाई-गोरुमध्‍येको एउटा चढ़ाउँछ भने, त्‍यसले त्‍यो परमप्रभुको सामुन्‍ने निष्‍खोट साँढ़े कि गाई चढ़ाओस्‌। 2त्‍यसले आफ्‍नो हात आफ्‍नो बलिको टाउकोमा राखेर त्‍यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्‌। तब हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌। 3मेलबलिबाट त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो सबै, 4दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌। 5तब हारूनका छोराहरूले त्‍यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।
6“‘यदि त्‍यसले परमप्रभुको निम्‍ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्‍येबाट एउटा चढ़ाउँछ भने, त्‍यसले निष्‍खोट भाले कि पोथी चढ़ाओस्‌। 7यदि त्‍यसले आफ्‍नो बलिको लागि भेड़ाका पाठा चढ़ाउने भए त्‍यो परमप्रभुको सामु चढ़ाओस्‌। 8त्‍यसले आफ्‍नो बलिको टाउकोमा आफ्‍नो हात राखोस्, र भेट हुने पालको सामुन्‍नेमा त्‍यसलाई मारोस्‌। हारूनका छोराहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌। 9त्‍यसले मेलबलिबाट परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, त्‍यसको बोसो र जम्‍मै बोसे-पुच्‍छर डँड़ाल्‍नुदेखि त्‍यसले छुट्ट्याओस्, अनि आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको जम्‍मै बोसो, 10दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजो ढाक्‍ने मासु त्‍यसले झिकोस्‌। 11पूजाहारीले ती परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌।
12“‘यदि त्‍यसको बलि बाख्रा हो भने, त्‍यसले त्‍यो परमप्रभुको सामु चढ़ाओस्‌। 13त्‍यसले आफ्‍नो हात त्‍यसको टाउकोमा राखोस्, र भेट हुने पालको सामुन्‍ने त्‍यसलाई मारोस्‌। अनि हारूनका छोराहरूले वेदीमा वरिपरि त्‍यसको रगत छर्कून्‌। 14त्‍यसले त्‍यसबाट आफ्‍नो भेटी परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाओस्‌: आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको सबै बोसो, 15दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌। 16पूजाहारीले ती मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌। बोसोजति सबै परमप्रभुको हो।
17“‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति तिमीहरू जहीँ बसे तापनि अनन्‍तको विधि होस्‌’।”

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for लेवीहरू 3