YouVersion Logo
Search Icon

लेवीहरू 2

2
अन्‍नबलि
1“‘कसैले परमप्रभुको निम्‍ति अन्‍नबलिको भेटी चढ़ाउँछ भने त्‍यसको भेटी मसिनो पीठोको होस्‌। त्‍यसले त्‍यसमाथि तेल खन्‍याएर धूप हालोस्‌। 2तब त्‍यसले हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूकहाँ त्‍यो ल्‍याओस्‌। त्‍यसबाट पूजाहारीले आफ्‍नो मुट्ठीभरिको मसिनो पीठो र तेल जम्‍मै धूपसमेत झिकून्‌। अनि पूजाहारीले त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, सम्‍झना स्‍वरूप वेदीमा जलाऊन्‌। 3अन्‍नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।
4“‘चुलोमा पकाइएको अन्‍नबलिको भेटी चढ़ाउने इच्‍छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्‌। 5तिमीहरूको बलि ताउमा पकाइएको अन्‍नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्‌। 6त्‍यो टुक्रा-टुक्रा पारेर त्‍यसमा तेल खन्‍याऊ। त्‍यो अन्‍नबलि हो। 7तिनीहरूको बलि ताई-ताप्‍केमा पकाइएको अन्‍नबलि भए, त्‍योचाहिँ तेलमा फुराएको मसिनो पीठोको होस्‌। 8यी चीजहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ लैजानू। त्‍यो पूजाहारीकहाँ ल्‍याएपछि पूजाहारीले त्‍यो वेदीमा ल्‍याऊन्‌। 9अनि पूजाहारीले अन्‍नबलिबाट सम्‍झना स्‍वरूप भाग झिकेर त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप वेदीमा जलाऊन्‌। 10अन्‍नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।
11“‘तिमीहरूले परमप्रभुको निम्‍ति चढ़ाउने कुनै पनि अन्‍नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू। 12तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्‍ति चढ़ाए हुन्‍छ, तर मीठो बास्‍नाको लागि भने ती वेदीमा नचढ़ाउनू। 13आफ्‍ना सबै अन्‍नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्‍ना परमेश्‍वरका करारको नूनरहित आफ्‍नो कुनै पनि अन्‍नबलि हुन नपाओस्‌। आफ्‍ना सबै बलिमा नून पनि चढ़ाउनू।
14“‘परमप्रभुको निम्‍ति अगौटे फलहरूको अन्‍नबलि चढ़ाउने इच्‍छा भए, आफ्‍नो अगौटे फलहरूका अन्‍नबलिको निम्‍ति पिँधेका र आगोमा पिर्खलेका ताजा अन्‍नका बालाहरू चढ़ाउनू। 15तिनमा तेल हाल्‍नू र धूप राख्‍नू। त्‍यो अन्‍नबलि हो। 16अनि पूजाहारीले जम्‍मै धूपसँग तेल र पिँधेको अन्‍नबाट केही भाग लिएर त्‍यो सम्‍झना स्‍वरूप भाग जलाऊन्‌। त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होम हो’।”

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for लेवीहरू 2