YouVersion Logo
Search Icon

हाग्‍गै पुस्‍तक परिचय

पुस्‍तक परिचय
हाग्‍गैको अर्थ “चाड वा उत्सव” हो। यो नाउँले यो कुराको निर्देशन गर्छ कि उनी तीर्थयात्राको चाडमध्ये (अखमिरी चाड, पेन्तिकोसको चाड वा साताहरूको चाड अथवा छाप्रो-वासको चाड) कुनै एक समयमा जन्मेका थिए (व्यवस्था १६:१६)। २:३ अनुसार हाग्गै सोलोमन राजाको मन्दिरको विध्वंसको साक्षी थिए। उनले आफ्‍नो सेवा सुरु गर्दा उनी ७० वर्षका थिए। कैदबाट यहूदाका मानिसहरू बेबिलोनबाट फर्केपछिको पहिलो भविष्यवक्ता हाग्गै थिए।
५२० ई.पू. मा हाग्गै र जकरियाले मानिसहरूलाई मन्दिरको पुनर्निर्माण गर्न उत्साह दिए। विरोधीहरूभन्दा वास्तवमा यहूदीहरू नै बढी दोषी थिए, मन्दिरको पुनर्निर्माण रोकिनमा। यसरी दारा राजाको सहयोगमा मन्दिरको पुनर्निर्माण सकेर परमेश्‍वरमा अर्पण गरे (एज्रा ६:१५-१८)।
यस पुस्तकमा २५ पटक भन्दा पनि बढी हाग्गैको सन्देशको अधिकार र श्रोतको विषयमा उल्‍लेख गरिएको वाक्यांस “परमप्रभु भन्‍नुहुन्छ” पाउँछौं।
हाग्गैको यस भविष्यवाणीमा जम्मा चार वटा सन्देश दिएको थियो: १:१-१५, हप्काइ र अर्तिको सन्देश; २:१-९, उत्साहको सन्देश; २:१०-१९, आशिष्‌को सन्देश; र २:२०-२३, आशाको सन्देश।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy