Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 13 av 20

लूकाको यस अर्को खण्डमा, येशूको राज्यले यस संसारको परिस्थितिलाई कसरी उलट-पुलट पार्छ भनि देखाउन उहाँले एउटा कथा बताउनुहुन्छ र त्यो यस प्रकार छ। त्यहाँ एक धनी मानिस छ जो शानदार लुगाहरू लगाउँछ र एउटा गेट भएको घरमा बस्छ। त्यहाँ लाजरस भन्ने एक गरिब अनि पीडित मानिस छ, जो हरेक दिन धनी मानिसको ढोका बाहिर बसेर खानाको टेबुलबाट झरेका टुक्राहरू खोज्ने गर्छ। तर धनी मानिस उसलाई केही दिँदैन, र अन्ततः तिनीहरू दुबै मरे। लाजरसलाई अनन्त आरामको ठाउँमा लगियो, जबकि धनी मानिस एउटा यातनाको ठाउँमा बिउँझियो। कसैगरी उक्त धनी व्यक्तिले लाजरसलाई देख्छ र उसले देख्ने बित्तिकै उसलाई शीतल पार्नको लागि उसले लाजरसलाई पानीको थोपा पठाइदिन बिन्ती गर्छ। तर धनी मानिसलाई यो हुन सक्दैन भनियो र ऊ पृथ्वीमा कस्तो गरी विलासिताको जीवनमा जिएको थियो जब कि लाजरसलाई उसको सहायताको खाँचो थियो भन्ने कुराको सम्झना गराइन्छ। त्यसैले धनी मानिस लाजरसलाई पृथ्वीमा उसको परिवारकहाँ पठाइदिनको लागि बिन्ती गर्दछ, ताकि तिनीहरूलाई यस कष्टका ठाउँको बारेमा चेतावनी मिल्नेछ। तर उसलाई भनियो कि उसको परिवारको लागि तिनीहरूलाई चाहिने सम्पूर्ण चेतावनीहरू हिब्रु अगमवक्ताहरूको लेखहरूमा प्रदान गरिसकिएको छ। त्यो धनी केटाले तर्क गर्दै भन्यो कि यदि लाजरस मरेकाहरूबाट बौरी उठेमा निश्चय नै उसका परिवारले विश्‍वास गर्नेछन्। तर उसलाई भनियो कि त्यो हुन सक्दैन। जसले मोशा र अगमवक्ताहरूको कुरा सुन्न अस्वीकार गर्दछन् तिनीहरूले कोही मृत्युबाट बौरी उठेपछि पनि विश्‍वास गर्ने छैनन्। यो कथा सुनाएपछि, अरूहरूलाई कष्टमा पार्नेहरू सबैको लागि कष्टहरू आउनेछन् भनि येशूले चेतावनी दिनुहुन्छ। यी दु:खबाट बच्न, सबैले एक-अर्काको वास्ता गर्न र तिनीहरू जसले भूलहरू गरेका छन् तिनीहरूलाई सच्च्याउनको लागि उहाँले सिकाउनु हुन्छ। तिनीहरू जसले सुधारलाई मान्छन् क्षमा पाउँछन्, चाहे त्यो क्षमा बारम्बार नै चाहियोस्। येशू कृपालु हुनुहुन्छ। धेरै ढिलो हुनुभन्दा अघि नै उहाँ सबैले सुनेको चाहनु हुन्छ। उहाँले सत्य सिकाउनुहुन्छ र यसलाई ग्रहण गर्ने सबैलाई बलिदान पूर्वक क्षमा प्रदान गर्नुहुन्छ। त्यस्तै गरी, उहाँका चेलाहरूले अरूलाई सिकाउनुका साथै क्षमा पनि दिनु पर्छ। येशूका चेलाहरूले यी सबै कुरा सुनेका थिए र येशूका वचनहरू पूरा गर्न उनीहरूलाई चाहिने परमेश्‍वर माथिको भरोसाको कमी भएको महसुस गर्छन्, त्यसैले उनीहरू थप विश्‍वासको निम्ति आग्रह गर्दछन्। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •लूका १६:१९-३१मा येशूले भन्नु भएको कथालाई नजिकबाट विचार गर्नुहोस्। लूका १७:१-४मा कसरी येशूको कथासँग तपाईं सम्बन्धित हुनुहुन्छ र उहाँको शिक्षालाई मान्न तपाईंलाई मदत पुग्छ? यदि तपाईं कथाको पात्र नहुनुभएको भए, येशूले लाजरस र धनी मानिससँगको तपाईंको कुराकानी कसरी वर्णन गर्नुहुन्छ जस्तो लाग्छ तपाईंलाई? •लूका १७:३मा येशूका शब्दहरूलाई ध्यान दिनुहोस्। कसैले तपाईं विरुद्ध पाप गर्दा तपाईं के गर्नुहुन्छ? कसरी स्वस्थ विरोध पनि प्रेमको एउटा कार्य हो? त्यो गर्न किन यति गाह्रो छ? त्यो समय सोच्नुहोस् जब कसैले तपाईंलाई सच्यायो र क्षमा दियो। त्यो अनुभव कस्तो थियो? •तपाईंलाई केको लागि क्षमा चाहिन्छ? कसलाई तपाईंको क्षमा चाहिन्छ? •तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्‍वरलाई उहाँको अविलम्ब र मायालु चेतावनीहरूको लागि धन्यवाद दिनुहोस्, त्यस्ता माध्यमहरूको क्षमा माग्नुहोस् जसद्वारा तपाईंले अरूलाई पीडा दिनुभएको हुनसक्छ, तपाईंलाई चोट पुऱ्याउने अरूहरूलाई क्षमा गर्नुहोस्, र विश्वमा कष्टलाई परिवर्तन गर्ने येशूको मिशनमा जोडिन तपाईंलाई चाहिने विश्वास माग्नुहोस्।
Dag 12Dag 14

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring