Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 14 av 20

लूकाको यस अर्को खण्डमा, येशूले दृष्टिविहिनलाई शारीरिक दृष्टि दिनुको साथ-साथै उहाँले परमेश्‍वरको उल्टो प्रकारको राज्यमा जिउनुको अर्थ के हो भनि बुझाउन आत्मिक अन्तर्दृष्टि पनि प्रदान गरिरहनु हुन्छ। तर कोही राज्यमा प्रार्थना र गरिबहरूका लागि उद्धारताका साथ जिउन शुरु गर्नु अघि, तिनीहरू पहिला त्यसमा प्रवेश गर्नुपर्छ। र कोही आफै पहिला नम्र बनेर आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा भर नपरी कोही पनि उहाँको राज्यमा प्रवेश गर्न सक्दैन। कोही आफैमा भर पर्छन् र यो बुझ्न सक्दैनन्, त्यसैले उहाँले यो दृष्टान्त भन्नु हुन्छ। जुन यस्तो छ। कुनै एक दिन दुई जना मानिसहरू मन्दिरमा प्रार्थना गर्नलाई जान्छन्। एकजना फरिसी थियो जसलाई धर्मशास्त्रको ज्ञान छ र मन्दिरमा उसको नेतृत्त्वको लागि प्रख्यात छ, जबकि अर्को कर उठाउने मानिस हो, जसलाई विक्रेताको रूपमा तुच्छ ठानिन्छ जो भ्रष्ट रोमी पेशामा काम गर्दछ। फरिसी आफू सबैभन्दा धेरै पवित्र छु भनेर आफैसँग प्रार्थना गर्दछ। उसले यसको लागि परमेश्‍वरलाई धन्यवाद दिन्छ। तर अर्को कर उठाउने मानिस, उसले प्रार्थना गर्दा माथि हेर्न पनि सक्दैन। उसले छाती पिट्छ र भन्छ, "हे परमेश्‍वर, म एक पापीमाथि दया गर्नुहोस् !" त्यो दिन कर उठाउने मात्रै एकजना थियो जो परमेश्‍वरको अघि धर्मी ठहरिएर घर गयो भन्दै येशूले आफ्नो कथाको अन्त्य गर्नुहुन्छ। उहाँले आफ्नो यस राज्यमा कुराहरू कस्तो अचम्म रीतिले ठीक उल्टा छन् भनि बताउनुहुन्छ: हरेक जसले आफूलाई उचाल्छ त्यो होचिनेछ, तर जसले आफूलाई नम्र बनाउँछ त्यो उचालिनेछ।" लूकाले येशूको जीवनको अर्को घटनाको शब्दहरूलाई लिएर नम्रताको यो प्रसङ्गलाई जोड दिएका छन्। एउटा घटनामा आम बुबाहरूले आफ्ना नानीहरूलाई कसरी येशू कहाँ आशिषको लागि ल्याउँछन् भनि लूका भन्छन्। चेलाहरूले यी अवरोधहरू अनुपयुक्त ठाने। तिनीहरूले परिवारहरूलाई कराउँछन् र तिनीहरूलाई त्यहाँबाट फिर्ता पठाउन कोसिस गर्छन्। तर येशू साना केटाकेटीहरूको पक्षमा उभिनुभयो र भन्नुभयो, “बच्चाहरूलाई मकहाँ आउन देऊ, तिनीहरूलाई नरोक। किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो” उहाँले यस चेतावनी र निमन्त्रणाको अन्त्य यसरी गर्नुहुन्छ, "हरेक जसले परमेश्‍वरको राज्यलाई एउटा बच्चाले जस्तै ग्रहण गर्दैन ऊ कहिल्यै त्यसभित्र प्रवेश गर्नेछैन।" पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •येशूको कथालाई लूका १८:१०-१४ सँग पढ्नुहोस्। तपाईं के देख्नुहुन्छ? तपाईं कसरी फरिसी र कर उठाउनेसँग सम्बन्धित हुन सक्नुहुन्छ? घमण्ड र तुलनाका खतराहरू के-के हुन्? फरिसीहरूले जस्तै हामीले पनि आफ्ना कामहरूद्वारा परमेश्‍वरको सामु धर्मी ठहरिने कोसिस गर्न सक्छौं तर यसको सट्टामा परमेश्‍वरले आफ्नै कृपालु कार्यले हाम्रो जीवनलाई धर्मी तुल्याउनुको अर्थ के हो? •बालबालिकाहरूको आश्रित स्वभावलाई विचार गर्नुहोस्। उनीहरू जस्तो हुनुको अर्थ के हो भनेर कसरी वर्णन गर्नुहुन्छ? लूकाले वर्णन गरेका येशूको कथा सुनेका घमन्डी हृदय भएकाहरू (हेर्नुहोस् लूका १८:९) सँग बालबालिकाहरूको जस्तो निर्भरताको तुलना गर्नुहोस्। तपाईं के याद गर्नुहुन्छ? •तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्‍वरलाई उहाँको अपार करुणाको लागि धन्यवाद दिनुहोस्, केवल उहाँमा भर पर्नुहोस्, र उहाँले तपाईंलाई दिनुहुने त्यही कृपाका साथ अरूलाई हेर्ने आँखा माग्नुहोस्।
Dag 13Dag 15

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring