Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 12 av 20

येशूको राज्य पीडितहरूका लागि सुसमाचार हो र यो उनीहरूको लागि खुल्ला छ जसले आफ्नो जीवनमा परमेश्‍वरको आवश्यकता छ भन्ने कुरालाई बुझ्दछन्। यसको उदाहरणमा, उहाँको क्षमा, चङ्गाई र उद्धारतालाई प्राप्त गर्ने रोगीहरू र दरिद्रहरूसँग येशू आफैले खाना खाने भोजहरूमा भाग लिनुभएको विषयमा लूकाले हामीलाई बताउँछन्। यसको विपरीत, येशू धार्मिक अगुवाहरूसँग भोजमा पनि भाग लिनुहुन्छ जसले उहाँको सन्देशलाई अस्वीकार गर्छन् र उहाँको विधिहरूबारे बहस गर्छन्। तिनीहरू परमेश्‍वरको राज्यको विषयमा बुझ्दैनन्, यसैले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त सुनाउनुहुन्छ। त्यो यस्तो छ। त्यहाँ एक बुबा थिए जसका दुई छोरा थिए। जेठो छोरा भरोसा योग्य छ र आफ्नो बुबाको सम्मान गर्दछ तर कान्छो छोरा बिग्रेको छ। उसले आफ्नो सम्पत्ति चाँडै खोसेर टाढा सम्म यात्रा गर्छ र ती सबै मोज मस्ती गरेर मूर्ख भएर खर्च गर्दछ। त्यसपछि अनिकाल लाग्छ र त्यस छोराको पैसा समाप्त हुन्छ, त्यसैले ऊ अरूको सुँगुरको हेरचाह गर्ने काम गर्छ। एक दिन ऊ यति भोकाउँछ कि ऊ सुँगुरको खाने कुरा खान तयार हुन्छ। घरमा आफ्ना बुबाको लागि काम गरेको भए योभन्दा धेरै राम्रो हुनेथियो भन्ने उसलाई लाग्छ। यसकारण ऊ क्षमा माग्ने अभ्यास गर्दै घरको बाटो लाग्छ। छोरा अझै टाढा छँदा, बुबाले उसलाई देख्छन् र उनी धेरै खुसी हुन्छन्। उनको छोरो जीवित छ! ऊ अनिकालबाट बच्यो! बुबा उसलाई भेट्न दौडिन्छन् र उसलाई चुम्बन गर्छन् साथै अङ्गालो नहाली रोक्न सक्दैनन्। छोराले आफ्नो कुरा शुरु गर्छ, "बुबा, म तपाईंको छोरा हुन योग्यको छैन। हुन सक्छ भने म आएर तपाईंको काम गर्नेछु ... " तर कुरा सक्नु अघि नै बुबाले छोराको लागि उत्तम पोशाक, नयाँ जुत्ता र सुन्दर औँठी ल्याउन आफ्नो नोकरहरूलाई बोलाउँछन्। तिनीहरूले सबैभन्दा राम्रो भोज तयार गर्नुपर्ने छ किनभने ऊ घर आएकोमा यो उत्सव मनाउने समय हो। पार्टी शुरु भएपछि, जेठो छोरा लामो, कठिन दिनको कामबाट आउँछ र थाहा पाउँछ कि यो सबै सङ्गीत र खाना उसको हराएको भाइको लागि हो। उसले रिसाएर उत्सवमा सहभागी हुन अस्वीकार गऱ्यो। बुबाले उसको जेठो छोरालाई बाहिर भेट्छन् र भन्छन्, "छोरा, तिमी त पहिलेदेखि नै हाम्रो परिवारमा छौ। मसँग जे छ सबै तिम्रै हो। तर हामीले तिम्रै भाइ आएकोमा उत्सव मनाउनुपर्छ। ऊ हराएको थियो तर अब ऊ भेटियो। ऊ मरेको थियो तर अहिले ऊ जीवित छ। ” यस कथामा, येशूले धार्मिक अगुवाहरूलाई जेठो छोरासँग तुलना गर्दै हुनुहुन्छ। बाहिरी मानिसहरूलाई स्वीकारेको हुनाले येशू धार्मिक अगुवाहरू कत्ति धेरै अप्रसन्न भएका थिए उहाँले देख्नुहुन्छ, तर उनीहरूले आफू जस्तै बाहिरी मानिसहरूलाई पनि हेरेको येशूले चाहनुहुन्छ। समाजबाट बहिष्कृत भएकाहरू आफ्ना बुबा कहाँ फर्किरहेका छन्। तिनीहरू जीवित छन्! परमेश्‍वरको भलाइपन वरिपरि फैलाउनलाई प्रशस्त छ। उहाँसँग भएका सबै थोकहरू उहाँले आफ्ना छोरा-छोरी भनि बोलाउनु हुनेहरूका लागि हो।। केवल नम्रताका साथ उहाँको राज्यको आनन्द लिन सकिन्छ। पढ्नुहोस्, मनन गर्नुहोस्, र प्रतिक्रिया जनाउनुहोस् •येशूको दृष्टान्तमा जेठो र कान्छो छोरासित तपाईं कसरी सम्बन्धित हुनुहुन्छ? • याद गर्नुहोस् कान्छो छोराले आफ्ना बाबुलाई कसरी छोडेर गयो तर जब उसको लागि परिस्थिति कठिन भयो उसको विचार बदलियो। के दु: खले तपाईंलाई परमेश्‍वर पितामा फर्किन सहयोग गरेको छ? कान्छो छोरालाई बुबाले स्वागत गरेको कुराले तपाईंलाई कस्तो प्रभाव पार्छ? (हेर्नुहोस् १५:२०-२४) •कथामा जेठो छोराको क्रोधलाई विचार गर्नुहोस् (१५:२८-३० हेर्नुहोस्)। के कोही व्यक्ति योग्य नभएर पनि केही पाएको देख्दा तपाईंले कहिल्यै चित्त दुखाउनु भएको छ? यदि हो भने, बुबाले जेठो छोरालाई दिएको प्रतिक्रिया तपाईंसँग कसरी मिल्न जान्छ? (हेर्नुहोस् १५:३१-३२) तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्‍वरसँग उहाँको उदार कृपाले तपाईंलाई कसरी चकित तुल्याउँछ? अरूलाई उद्धारताका साथ ग्रहण गर्न सक्नका निम्ति तपाईंका सङ्घर्षहरू, र तपाईंलाई कृपामा बढ्नको निम्ति चाहिने कुरा माग गर्न इमानदार बन्नुहोस्।
Dag 11Dag 13

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring