Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 18 av 20

मन्दिरका अगुवाहरूले रोमी राज्यपाल पन्तियस पिलातसको अनुमतिबिना येशूलाई मृत्युदण्ड दिन सक्दैनन्। त्यसैले तिनीहरू येशू रोमी सम्राटको विरुद्ध गुटबन्दी गर्ने विद्रोही राजा हो भन्ने आरोप लगाउँछन्। पिलातसले येशूलाई सोध्छन्, "के तिमी यहूदीहरूका राजा हौ?" येशूले जवाफ दिनुहुन्छ, “तपाईं नै त्यस्तै भन्दै हुनुहुन्छ।” पिलातसले येशू निर्दोष मानिस हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्न भनेर देख्छन् तर धार्मिक अगुवाहरूले उहाँ खतरा हुनुहुन्छ भनेर जोड दिन्छन्। त्यसैले येशूलाई हेरोद कहाँ पठाइयो र त्यसपछि पिलातसकहाँ चोटपटक र रक्ताम्मे शरीर लिएर फर्किनुभयो, त्यसपछि तिनीहरूले एउटा अचम्मको सहमति गरे। पिलातसले येशूको सट्टा बरब्बास नाम गरेको एकजना रोमको वास्तविक विद्रोहीलाई छोड्ने छन्। निर्दोषलाई दोषीको ठाउँमा सुम्पिने छन्। येशू दुई अन्य अभियुक्त अपराधीहरूसँग लगिनुभयो र एक रोमीहरूको मृत्युदण्ड दिइने काठमा काँटी ठोकियो। उहाँलाई एउटा मनोरञ्जनको वस्तु बनाइयो। मानिसहरूले उहाँको लुगा च्यातेर उहाँको खिल्ली उडाउँदै भन्छन्, “यदि तपाईं मसीही राजा हुनुहुन्छ भने आफैलाई बचाउनुहोस्!” तर येशू अन्तसम्म आफ्ना शत्रुहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले आफ्ना अपराधीहरूलाई क्षमा गर्नुहुन्छ र उहाँ सँगै क्रूसमा टाङ्गिएको एकजना अपराधीलाई यसो भन्दै आशा दिनुहुन्छ, "आज तिमी मसँग स्वर्गमा हुनेछौ।" आकाश अचानक अँध्यारो हुन्छ, मन्दिरको पर्दा दुई टुक्रा हुन्छ र येशूले आफ्नो अन्तिम सासका साथ परमेश्‍वरलाई पुकार्नुहुन्छ, “म मेरो आत्मा तपाईंको हातमा सुम्पिन्छु।” एक रोमी सिपाहीले सबै कुरा देख्छ र भन्छ, "निश्चय नै यी मानिस निर्दोष थिए।" पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •लूकाले दिएको येशूको मृत्युको विवरणले तपाईंलाई कसरी असर गर्छ? •पिलातस र हेरोदले येशूलाई मृत्युदण्ड नदिने कोसिस गर्छन् जबकि धार्मिक भीडहरूले उहाँको मृत्युदण्डको माग गरिरहन्छन्। जब तपाईंले येशू विरुद्ध लगाइएको वास्तविक अभियोगहरूलाई विचार गर्नुहुन्छ तपाईं के देख्नुहुन्छ? •अपराधीहरू बीचको वार्तालाप समीक्षा गर्नुहोस् (२३: ३९-४३ हेर्नुहोस्) । तपाईं के देख्नुहुन्छ? अपराधीहरूको अनुरोधमा येशूले दिनुभएको जवाफले कसरी तपाईंलाई प्रभाव पार्छ? जब तपाईं यस बातचितको अध्ययन गर्नुहुन्छ, येशूको राज्यको बारेमा के सिक्नुहुन्छ? •लूकाले हामीलाई योसेफ भन्ने धार्मिक अगुवाको विषयमा बताउँछन् जसले आफ्ना मित्रहरूका घातक योजनाको विरोध गरे (पद २३:५०-५१, २२:६६-७१, २३:१) । योसेफले कसरी येशूप्रति सहानुभूति देखाउँछन्, विचार गर्नुहोस् (२३:५२-५३ हेर्नुहोस्) । के तपाईं त्यस समूहको सदस्य हुनुहुन्छ जससँग तपाईं असहमत हुनुहुन्छ? तपाईं कसरी आफ्नो विश्वास देखाउन सक्नुहुन्छ? •पिलातस, हेरोद, शोक गरिरहेका भीड र गिल्ला गर्ने भीड, सिमोन, षडयन्त्र रच्ने धार्मिक अगुवाहरू र असहमत योसेफ, येशूको देब्रेपट्टिको अपराधी र उसको दाहिनेपट्टिको अपराधी, ती सबैले येशूसँग फरक-फरक कुराकानी गरिरहेका थिए। यस कथामा कुन चरित्र वा पात्रहरूसँग तपाईं धेरै सम्बन्धित हुनुहुन्छ? •तपाईंको पढाइ र मननले तपाईंको हृदयबाट परमेश्‍वरलाई प्रार्थना गर्न प्रोत्साहन गरेको होस्। उहाँ सुन्दै हुनुहुन्छ।

Skriften

Dag 17Dag 19

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring