Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 17 av 20

आजको पढाइ शुरु गर्नु अघि, हामी नौ अध्यायलाई पुनरावलोकन गरौं, जहाँ यशैया ५३ को कष्टमा परेको सेवक भएर इस्राएलमाथि शासन गर्ने येशूको लाक्षणिक योजना लूकाले प्रकट गर्दछन्। एलिया र मोशाले उहाँसँग जाने कुरा वा "एक्सोडस" को बारेमा कसरी कुरा गरे भनेर लूकाले हामीलाई बताउँछन्। उहाँ एक नयाँ मोशा हुनुहुन्छ जसले आफ्नो प्रस्थान (मृत्यु) को माध्यमबाट इस्राएललाई पाप र दुष्टताको निरङ्कुश अवस्थाबाट जोगाउनुहुनेछ। यस अचम्मलाग्दो खुलासापछि, लूकाले निस्तार चाडको लागि राजधानी सहरसम्म जाने येशूको लामो यात्राको कथाको शुरुवात् गर्छन् जहाँ उहाँ इस्राएलको साँचो राजाको रूपमा सिंहासनमा विराजमान हुन उहाँ निस्तारको थुमा बनी मर्नुहुनेछ। त्यसकारण, आज हामी २२ अध्याय पल्टाउँदा, देख्दछौं कि येशू यरूशलेमको वार्षिक निस्तार चाडको उत्सव मनाउन आउनुभएको थियो-परमेश्‍वरले इस्राएलीहरूलाई दासत्त्वबाट कसरी छुटाउनुभयो भन्ने एक यहूदी उत्सव। परम्परागत निस्तार चाडको भोजमा बाह्र चेलाहरू जम्मा गर्ने क्रममा येशू रोटी र कचौराको प्रतीकात्मक अर्थ यसरी वर्णन गर्नुहुन्छ जुन आफ्ना चेलाहरूले पहिले कहिल्यै सुनेका थिएनन् तर त्यसलाई प्रस्थानको कथाले सधैँ औँल्याएको थियो। उहाँले आफ्ना चेलाहरूलाई भन्नु भयो कि भाँचेको रोटीले उहाँको शरीरलाई प्रतिनिधित्त्व गर्दछ र कचौराले उहाँको रगतलाई प्रतिनिधित्त्व गर्दछ जसले परमेश्‍वर र इस्राएलबीच नयाँ करारको सम्बन्ध स्थापना गर्दछ। यसमा, येशूले निस्तार चाडको प्रतीकहरू प्रयोग गर्दै आफ्नो आउँदै गरेको मृत्युको अर्थ बताउनुहुन्छ तर उहाँका चेलाहरूले त्यो बुझ्दैनन्। तिनीहरू तुरुन्तै टेबलमा बसेर परमेश्‍वरको राज्यमा को ठूलो हुनेछ भनेर बहस गर्न थाल्छन् र त्यस रातपछि तिनीहरू येशूसँग प्रार्थना गर्न जागा रहन पनि सक्दैनन्। बाह्र चेलामध्ये एक जना येशूको हत्यामा संलग्न र अर्को चेलाले उहाँलाई कहिल्यै चिन्दिन भनेर इन्कार गर्छ। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •येशूले यस संसारको मूल्य मान्यता र अख्तियारलाई उल्टो पार्नुहुन्छ। यी राजाले हत्या गरेर सिंहासन आरोहण गर्नु हुनेछैन तर यसको साटो उहाँ आफै मारिनु हुनेछ र एउटा कष्टमा परेको सेवक झैं मर्नुहुनेछ। अगुवाहरू अरूलाई टेकेर माथि पुग्दैनन् तर तिनीहरू आफूभन्दा बढी अरूको सेवा गर्न मन पराउँछन् (हेर्नुहोस् २२:२४-२७) यसले आज तपाईंलाई कसरी प्रोत्साहन वा चुनौती दिन्छ? •लूका २२:२८-३० पढ्नुहोस्। ठोकर खानेछन् भन्ने कुरा येशूलाई थाहा भए तापनि, उहाँ अझै यो आश्चर्यजनक घोषणा गर्नुहुन्छ! यसले तपाईंलाई कसरी असर गर्छ? यसले तपाईंलाई येशू र उहाँको राज्यको बारेमा के बताउँछ? •तपाईं कसरी पत्रुसको अप्रमाणित विश्वासको साथ पहिचान गर्न सक्नुहुनेछ (२२:३३ हेर्नुहोस्)? येशूप्रतिको तपाईंको प्रतिबद्धता कसरी परीक्षण गरिएको छ? तपाईंले कसरी ठेस खानु भएको छ? (२२:५४-६२ हेर्नुहोस्) तपाईंको निम्ति येशूको प्रार्थना सफल भएको तपाईंले कसरी देख्नुभएको छ? तपाईंले यी सबैबाट के सिक्नुभयो र तपाईं अरूलाई बलवान् बनाउन सिकेका कुरा बताउन सक्नुहुन्छ (हेर्नुहोस् २२: ३२)? •तपाईंको पठन र मननले प्रार्थना गर्न प्रेरित गरोस्। पापको दासत्त्वबाट मानव जातिलाई स्वतन्त्र पार्न दुःख भोग्नु भएकोमा येशूलाई धन्यवाद दिनुहोस्, जहाँ तपाईं स्वतन्त्र हुन वा स्वतन्त्रता अनुभव गर्न सङ्घर्ष गर्दै हुनुहुन्छ र आज तपाईंलाई के चाहिन्छ भन्ने बारेमा उहाँसँग इमानदार हुनुहोस् ।

Skriften

Dag 16Dag 18

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring