इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

इस्राएलसँग परमेश्वरको उद्देश्य

दिन 1 को 6

पहिलो दिन– मानिस चुक्छ

इस्राएलको निम्तिपरमेश्वरको उद्देश्यमाप्रवेश गर्नुअघि, केहीपृष्ठभूमिउपयोगीहुनेछ।बाइबल सृष्टिको कथाबाट सुरु हुन्छ।स्वर्गबाट सिधै उद्घाटन! परमेश्वरको सिद्ध सृष्टि अद्भुत, आशाजनक देखिन्छ,जसको मुकुटको रूपमा मानव जाति रहेको छ।तर जब तपाईंलेबाइबलका सुरूकाएघार अध्यायसम्मपढ्नुहुन्छ,परिस्थितित्यतिसुन्दरदेखिँदैन।

आदम र हव्वाले पालना गर्नुपर्ने एउटा आज्ञा तिनीहरूको लागि अति नै भयो।पृथ्वीका प्रथम दाजुभाइहरू, कयिन र हाबिलबिच ईर्ष्या उत्पन्न भयो, जसले गर्दा पहिलो हत्या भयो।मानिसहरू यति हिंस्रक भए कि तिनीहरूलाई सृष्टि गरेकोमा परमेश्वर पछुताउनुभयो।अनि नोआसँग नयाँ सुरुवात भएको थियोभनीयदि तपाईं सोच्नुहुन्छ भने, तपाईं गलत हुनुहुन्छ।बाढी पछि मानिसहरू यति अहंकारी भए,उनीहरूले सोचेकाथिए कि बाबेलको धरहरा बनाएरउनीहरू स्वर्गकोढोकासम्मै पुग्नसक्छन्।

उत्पत्तिको अध्याय १२ मा अब्राहामको बोलावट हुनुभन्दा पहिले बाइबलले यही सन्दर्भउपलब्ध गराउँछ; इस्राएल राष्ट्रको प्रारम्भिक सुरुवात। यसरीतपाईं यसलाई अब्राहामको बोलावटको पृष्ठभूमिको रूपमा देख्न सक्नुहुन्छ।वास्तवमा, इस्राएलको बोलावट भनेको मानवजातिलाई परमेश्वरको जवाफ हो जसले परमेश्वरलाई गहिरो रूपमा निराश बनाएको छ र उहाँबाट अझपरपर सर्दै गएको देखिन्छ।

विचार गर्नका लागिकेही कुरा: आजकलपनिहामी संसारलाई परमेश्वरबाट टाढा सर्दै गएको पनि देख्छौं।के तपाईंलाई लाग्छ कि यहाँ पनि इस्राएलले खेल्नुपर्ने कुनैभूमिका छ?

यस योजनाको बारेमा

इस्राएलसँग परमेश्वरको उद्देश्य

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org