इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

पाँचौँदिन -मुक्ति यहूदीहरूबाटहो
तपाईंले येशूलाई इस्राएलको लागि परमेश्वरको योजनाको एक भागको रूपमा कहिल्यैनसोच्नुभएको हुन सक्छ, तर येशू पूर्णरूपमायहूदी हुनुहुन्थ्यो।वास्तवमा, प्रेरित यूहन्ना यस कुरामा यति विश्वस्त थिए कि उनले आफ्नो सुसमाचारको परिचयमा येशूलाई तोराका रूपमा प्रस्तुत गर्छन्।येशू "परमेश्वरकोदेहधारीवचन" हुनुहुन्छ - एक प्रकारको हिँडडुल गर्नेबाइबल।
शास्त्रीहरूसँग येशूको गम्भीर मतभेद थियो।यसले तपाईंलाई यस्तोलाग्नसक्छ कि येशूले घोषणा गर्नुभएको कुरा उहाँको समयको यहूदी धर्मले सिकाएको भन्दा फरक थियो।तर त्यो पूर्णरूपमासही होइन।येशूको समयको यहूदी साहित्यमा, तपाईंले येशूले सिकाउनुभएको कुरासँग धेरै अप्रत्याशित समानताहरू पाउनुहुन्छ।वास्तवमा,यो कुराले हामीलाई अचम्मित बनाउनुपर्दैन।
तोराअसान्दर्भिकबनेकोछभनीयेशूले कतै पनि दाबीगर्नुभएको छैन। बरूयसको विपरीतपो! मत्ती ५:१७-१८ मा, उहाँ भन्नुहुन्छ, "व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन,तर पूरा गर्न आएँ ।किनभने साँच्चै म तिमीहरूलाई भन्दछु,जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन ।”
त्यसैले येशू पनि इस्राएलसँग परमेश्वरको उद्देश्य के थियो भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो। उहाँलेसामरी स्त्रीलाईयसोभन्नुहुँदातपाईंले त्यो कुरादेख्नसक्नुहुन्छ, "मुक्तिचाहिँयहूदीहरूबाटआउँछ" (यूहन्ना ४:२२)।उहाँले आफैंले पनि आफ्नो कामलाई इस्राएलसँगको परमेश्वरको योजनाकै एकभागको रूपमाहेर्नुभयो।कनानी स्त्रीलाई उहाँले यहाँसम्म भन्नुभयो, "म इस्राएलको घरानाकाहराएकाभेडाको लागि मात्र पठाइएको हुँ।"
प्रेरित पावलले पृथ्वीमा येशूको काम इस्राएलको लागिपरमेश्वरको योजनासँगकसरी मिल्छ भन्ने कुरासुन्दर ढंगले सारांशित गरेका छन्
।उहाँ "पितापुर्खाहरूलाई परमेश्वरले दिनुभएको प्रतिज्ञाहरू पुष्टि गर्न"खतना भएकाहरूको दास" को रूपमा आउनुभयो।त्यो अब्राहामलाई गरिएको प्रतिज्ञा थियो ! पावलले थप व्याख्या गरेझैं, उहाँ किन आउनुभयोभन्नेबारेहामीयस्तोपढ्छौं; "यस हेतुले कि अन्यजातिहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून् ।"
संसारको लागि मुक्तिकोउहाँकोअद्भुत योजनाको लागि आज परमेश्वरलाई धन्यवाद दिनुहोस्
धर्मशास्त्र
यस योजनाको बारेमा

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्राएलसँग परमेश्वरको उद्देश्य
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ख्रीष्टको अनुसरण गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना
