इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

इस्राएलसँग परमेश्वरको उद्देश्य

दिन 4 को 6

चौथोदिन - परमेश्वरको महिमाको घोषणा गर्नु

जब इस्राएल परमेश्वरको इच्छा अनुसारजिउँछ, तब राष्ट्रले परमेश्वरको महिमाको घोषणा गर्छ।परमेश्वरको महिमा देखिन थाल्छ।यसरी इस्राएल अन्यजाति राष्ट्रहरूको लागि ज्योति हो।अब्राहामको बोलावट सम्झनुहोस्,

"तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌ ।"

तपाईंले भर्खरै पढ्नुभएका बाइबल पदहरूले यसको प्रमाण दिन्छन्।इस्राएलले यस सृष्टिमा आफ्नो ज्योति चम्काउनको लागि तोरा - परमेश्वरको वचन - प्राप्त गर्यो।यो ज्योतिले अन्धकारलाईहटाउँदैपृथ्वीका सबै राष्ट्रहरूमा पुग्दा तिनीहरूले परमेश्वरको महिमा गर्नेछन्।

पत्रुसले आफ्नो पत्रमा यसको सारांश दिएका छन्।उनी आफ्ना सँगी यहूदीहरूलाई भन्छन्, "अन्‍यजातिहरूका बिचमा तिमीहरूको चालचलन असल होस्‌ ।" यसरी नै त्यो ज्योति चम्किनेछ र मानिसहरूलेतिनीहरूकाअसल कामहरू देख्नेछन् र यो सबैको पछाडि परमेश्वर हुनुहुन्छ भन्नेकृरा बुझ्नेछन् !

आज इसाएलको लागि र विश्वभरका यहूदीहरूको लागि प्रार्थना गर्नुहोस्।प्रार्थना गर्नुहोस् कि तिनीहरूयोसमयमा पनि संसारको लागि ज्योति बनून्।

यस योजनाको बारेमा

इस्राएलसँग परमेश्वरको उद्देश्य

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org