इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

इस्राएलसँग परमेश्वरको उद्देश्य

दिन 3 को 6

तेस्रोदिन -परमेश्वरबस्ने ठाउँ

धार्मिकता र न्याय: मानिसहरूमाझ यही कुराको अभाव थियो।जब परमेश्वरले अब्राहामलाई किन बोलाउनुभयो भनीआफैंलाईबताउनुहुन्छ, उहाँले त्योछनोटलाईव्याख्या गर्दैभन्नुहुन्छ कि अब्राहामले आफ्नासन्तानलाई सही र न्यायपूर्ण कुरासिकाउनेछन्।

पछिबाटपरमप्रभुले मोशाको नेतृत्वमा इस्राएललाई मिश्रबाट मुक्त गरेपछि तिनीहरूसँग एउटा करार गर्नुहुन्छ।यो करार परमेश्वरकोतोराअर्थात्'निर्देशन'हो।परमेश्वरका यी वचनहरू सृष्टिको लागि एक खाका हुन् जसमा धार्मिकता र न्यायले शासन गर्छ।तोरामाहाम्रो बाइबलका सुरूकापाँचवटापुस्तकपर्छन्।

परमेश्वरले आफ्ना मानिसहरूलाई 'पुजारी' र पछि 'साक्षी' भन्नुभएको छ।पूजाहारीहरू परमेश्वर र मानवजातिबिचको कडी हुन्।जब इस्राएलले परमेश्वरको निर्देशन पालना गर्छ तब यो परमेश्वरको साक्षी मात्र हुँदैन तर अरूलाई पनि उहाँकहाँ ल्याउन सक्छ !

प्रस्थान २५:८ मा परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूका मध्‍यमा बस्‍नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्‍थान बनाऊन्‌ ।” 'तिनीहरूकामध्यमा' भन्ने मूल हिब्रूशब्दलाई 'तिनीहरूमा'का रूपमापनि अनुवाद गर्न सकिन्छ।त्यसैले परमेश्वर इस्राएलमा एउटा ठाउँ वा भवन मात्र चाहनुहुन्न जहाँ उहाँ बस्न सक्नुभएको होस्।इस्राएलका मानिसहरूनै त्यो स्थान हुन् जहाँ उहाँ बस्नुहुन्छ।यहूदी मानिसहरूले पृथ्वीमा परमेश्वरको उपस्थितिलाई प्रतिनिधित्व गर्छन्।

प्रेरित पावलले जोड दिन्छन् कि प्रभु येशूको आगमन पछि पनि परमेश्वरको योजनामा यहूदीहरूको अझै पनि विशेष स्थान छ र यसको लागि उनको सबैभन्दा महत्त्वपूर्ण तर्क यो हो कि परमेश्वरले तिनीहरूलाई तोरा, परमेश्वरको वचन सुम्पनुभयो।

के तपाईंलाई थाहा छ कि इस्राएलले अझै पनि भूमिका खेल्न बाँकी छ?

यस योजनाको बारेमा

इस्राएलसँग परमेश्वरको उद्देश्य

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org