इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

दोस्रोदिन - आशिषबन्नु
अब्राहामलाई परमेश्वरले भन्नुभएकापहिलाशब्दहरू सायदै योभन्दा बढीस्पष्टहुन सक्थे।अब्राहामलाई आफ्नो देश र आफ्नो परिवार छोड्न भन्नुभएपछि परमेश्वरले आफ्नो मनसाय स्पष्ट पार्नुहुन्छ:तँएक महान राष्ट्र बन्नेछस्र आशिष्को मूल हुनेछस्! सम्पूर्ण मानवतजाति("पृथ्वीका सबै मानिसहरू") अब्राहामको आशिषमा सहभागी हुनेछन्।
अँ, तपाईंलेयस पदको मूल हिब्रूलाई "पृथ्वीका सबै मानिसहरूलेतँजस्तै आशिषितबन्नचाहन्छन्" भनेर पनि अनुवाद गर्न सक्नुहुन्छ।तपाईंले यो संस्करण केही बाइबल अनुवादहरूमा पाउन सक्नुहुन्छ।तर यसले एक प्रकारको विशिष्टतालाई प्रतिबिम्बित गर्दछ।मानौं परमेश्वरले अब्राहामलाई अरू भन्दा बढी आशिष दिनुहुनेछ।मानौं इस्राएल परमेश्वरको VIP क्लब(ठूलाबडाहरूको क्लब)हो र बाँकी संसारलेपरबाट यसोहेर्न मात्र सक्छ।
अब्राहमको जीवनले पहिलो व्याख्याको साक्षी दिन्छ, जसलाई स्वर्गीय ब्रिटिश प्रमुख रब्बी जोनाथन स्याक्सलेनट इन गड्स नेमनामकआफ्नो पुस्तकमासुन्दर शब्दमा व्यक्त गरेका छन्।
२.४ अर्बइसाई, १.६ अर्ब मुस्लिम र १.३ करोड यहूदीहरूले सम्मान गर्ने व्यक्ति अब्राहाम आफैंले कुनै साम्राज्यमाथिशासन गरेनन्, कुनै सेनाकोनेतृत्वगरेनन्, कुनैइलाकाजितेनन्, कुनै आश्चर्यकर्मगरेनन् र कुनै भविष्यवाणी गरेनन्। उनलेआफ्ना छिमेकीहरू भन्दाभिन्नजीवनजिएतापनि, उनले तिनीहरूको लागि लडन्त गरेर तिनीहरूको लागि प्रार्थना गरे जुन अहिलेसम्म कुनै पनि मानिसले परमेश्वरलाई बोलेको सबैभन्दा साहसी भाषामा थियो - 'सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?' (उत्पत्ति १८:२५) उनले आफ्नो विश्वासमा सत्यनिष्ठ रहनखोजेअनिअरूको विश्वासको पर्वाह नगरी आशिषको रूपमा काम गरे।धेरै शताब्दीदेखि बेवास्ता गरिएको त्यो विचार अब्राहामको विश्वासको सबैभन्दा सरल परिभाषा बनेको छ।संसारलाई जित्नु वा रूपान्तरण गर्नु वा विश्वासको एकरूपता लागू गर्नु हाम्रो काम होइन।हाम्रो कामतसंसारको लागि आशिष बन्नुहो।
इस्राएलको लागि परमेश्वरको उद्देश्य यही हो।यस राष्ट्र मार्फत परमेश्वर अनुग्रहपूर्वक हामी अधर्मी मानिसहरूकहाँ आउनुहुन्छ।स्वर्गीय शक्तिको महान प्रदर्शन साथ होइन, तर तपाईं र म जस्ता मानिसहरू मार्फत, जसलाई आशिष् बन्न स्वर्गीय आदेश छ।के यो परिचित सुनिन्छ?
विचार गर्नका लागि केहीकुरा: तपाईं आफ्नो वरपरका मानिसहरूका लागि कसरी आशिष् बन्न सक्नुहुन्छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

इस्राएलसँग परमेश्वरको उद्देश्य

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

मरुभूमिको अद्भुतता
इस्राएल र यहूदी जातिप्रति घृणा

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
