उत्‍पत्ति 11:4-7

उत्‍पत्ति 11:4-7 NNRV

तब तिनीहरूले भने, “लौ, हामी आफ्‍नो निम्‍ति एउटा सहर र स्‍वर्गैसम्‍म पुग्‍ने एउटा धरहरा बनाऔं, अनि आफ्‍नो नाउँ राखौं र हामी पृथ्‍वीभरि जताततै नछरिऔं।” मानिसहरूका सन्‍तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। अनि परमप्रभुले भन्‍नुभयो, “यदि एउटै भाषा बोल्‍ने एउटै जातिको स्‍थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्‍भव हुनेछैन। आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्‌।”