मत्ती 17:22, 23, 24, 25, 26, 27
मत्ती 17:22 NCV
उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।
मत्ती 17:23 NCV
तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।
मत्ती 17:24 NCV
येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”
मत्ती 17:25 NCV
तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”
मत्ती 17:26 NCV
पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्।
मत्ती 17:27 NCV
तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।”