1
यहोशूको पुस्तक 1:9
पवित्र बाइबल
NERV
याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:9
2
यहोशूको पुस्तक 1:8
त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:8
3
यहोशूको पुस्तक 1:7
तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:7
4
यहोशूको पुस्तक 1:5
कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:5
5
यहोशूको पुस्तक 1:6
“यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:6
6
यहोशूको पुस्तक 1:3
मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:3
7
यहोशूको पुस्तक 1:2
“मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:2
8
यहोशूको पुस्तक 1:1
मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:1
9
यहोशूको पुस्तक 1:4
हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:4
10
यहोशूको पुस्तक 1:18
तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:18
11
यहोशूको पुस्तक 1:11
“छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।’”
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 1:11
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू