1
उत्पत्ति 18:14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।”
مقایسه
उत्पत्ति 18:14 را جستجو کنید
2
उत्पत्ति 18:12
यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्चै यो सुख प्राप्त होला?”
उत्पत्ति 18:12 را جستجو کنید
3
उत्पत्ति 18:18
निश्चय नै अब्राहामको वंश एउटा महान् र शक्तिशाली राष्ट्र बन्नेछ, र पृथ्वीका सबै राष्ट्रहरूले ऊद्वारा नै आशिष् पाउनेछन्।
उत्पत्ति 18:18 را جستجو کنید
4
उत्पत्ति 18:23-24
तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्न?
उत्पत्ति 18:23-24 را جستجو کنید
5
उत्पत्ति 18:26
तब याहवेहले भन्नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
उत्पत्ति 18:26 را جستجو کنید