YouVersion Logo
Search Icon

भजनसंग्रह 148

148
भजन 148
1याहवेहको प्रशंसा गर!#148:1 मूल भाषामा हल्‍लेलूयाह ; 14 पदमा पनि
स्वर्गहरूबाट याहवेहको प्रशंसा गर!
उच्‍च स्थानहरूबाट उहाँको प्रशंसा गर!
2हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर!
हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!
3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर;
हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!
4हे सर्वोच्‍च स्वर्गहरू र आकाशमाथिका पानी हो,
तिमीहरूले उहाँको प्रशंसा गर!
5तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्;
किनकि तिनीहरू उहाँका आज्ञामा सृष्‍टि भए।
6तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो;
उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।
7पृथ्वीबाट याहवेहको प्रशंसा गर!
हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,
8बिजुली र असिना, हिउँ र बादल,
उहाँका वचन पालन गर्ने आँधीबतास हो;
9पर्वतहरू र सबै डाँडाहरू हो,
फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;
10जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो;
स-साना जीवजन्तु र उड्ने पक्षीहरू,
11पृथ्वीका राजाहरू र राष्ट्रहरू,
भारदारहरू र पृथ्वीका सबै शासकहरू,
12युवकहरू र युवतीहरू,
वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!
13तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्;
किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ;
उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्‍च छ।
14उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ#148:14 सिङ यहाँ यसको अर्थ शक्ति भन्‍ने हुन्छ खडा गर्नुभएको छ;
इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति,
जो उहाँको हृदयका नजिक रहन्छन्।
याहवेहको प्रशंसा गर!

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in