YouVersion Logo
Search Icon

भजनसंग्रह 107:1-9

भजनसंग्रह 107:1-9 NCV

याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ। याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले, विभिन्‍न देशहरूबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्: कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे। तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए। तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर, तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।

Video for भजनसंग्रह 107:1-9