हितोपदेश 9
9
बुद्धि र मूर्खताको निम्तो
1बुद्धिले आफ्नो घर बनाएको छ;
त्यसले सात वटा खाँबो काटेर गाडेको छ।
2त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ,
त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ।
3त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ,
र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।
4“सोझाहरू सबै मेरो घरभित्र आओ!”
ती समझ नभएकाहरूलाई त्यसले भन्छ:
5“आओ, मसँग खाओ,
र मैले मिसाएको दाखमद्य पिओ।
6आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।”
समझशक्तिको मार्गमा हिँड।
7गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ,
जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
8गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ;
बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।
9बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ;
धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।
10याहवेहको भय नै बुद्धिको सुरुवात हो,
र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
11किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ,
र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
12यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;
यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
13अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे;
त्यो सोझी र अज्ञानी हुन्छे।
14त्यो आफ्नो घरको ढोकामा बस्छे,
सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,
15आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई
त्यसले नजिकबाट बोलाउँछे।
16“सोझाहरू सबै मेरो घरभित्र आओ!”
ती समझ नभएकाहरूलाई त्यसले भन्छे:
17“चोरीको पानी मिठो हुन्छ,
गुप्तमा खाएको भोजन स्वादिष्ठ हुन्छ!”
18तर तिनीहरूले त्यहाँ मृतकहरू छन्,
र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्ने कुरा जान्दैनन्।
Currently Selected:
हितोपदेश 9: NCV
Highlight
Share
Compare
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.