फिलिप्पी 4:5-9
फिलिप्पी 4:5-9 NCV
तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ। अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर। जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।